emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जनमत पार्टीका पूर्व नेता निर्मल कपैर यादव स्वाभिमान पार्टीमा प्रवेश

source e-Madhesh २०८२ माघ २० गते , मंगलबार
0
Shares
35
Views
जनमत पार्टीका पूर्व नेता निर्मल कपैर यादव स्वाभिमान पार्टीमा प्रवेश

लिलाकान्त यादव,
राजविराज, २० माघ ।
हनुमाननगर कंकालिनी । जनमत पार्टीका पूर्व नेता निर्मल कपैर यादवले स्वाभिमान पार्टीमा औपचारिक रूपमा प्रवेश गर्नुभएको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँलाई पार्टी नेतृत्व तथा कार्यकर्ताहरूले आत्मीय र भव्य स्वागत गरेका हुन् ।
कार्यक्रममा बोल्ने वक्ताहरूले यादवको लामो राजनीतिक अनुभव र योगदानको प्रशंसा गर्दै उहाँको प्रवेशले स्वाभिमान पार्टीको संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । पार्टीका अनुसार अनुभवी र जनसम्पर्क भएका नेताको आगमनले स्थानीय तहमा पार्टीको प्रभाव विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा पूर्व मन्त्री नवल किशोर साह, वडा नम्बर १४ का युवा नेता सूर्यनारायण यादव, पूर्व मेयर शैलेश शाहसहित स्थानीय नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
हनुमाननगर कंकालिनी नगरपालिकामा स्वाभिमान पार्टीप्रतिको जनआकर्षण बढिरहेको सन्दर्भमा निर्मल कपैर यादवको प्रवेशले पार्टीको अभियान, संगठन विस्तार र जनसम्पर्कलाई थप गति दिने पार्टी नेताहरूले बताएका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
नेपालमा ‘इको प्यानल’ प्रविधि: हरित निर्माणतर्फको नयाँ मोड
नेपालमा ‘इको प्यानल’ प्रविधि: हरित निर्माणतर्फको नयाँ मोड