emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु, ३९ देशका ८५ चलचित्र प्रदर्शन

source e-Madhesh २०८२ माघ १७ गते , शनिबार
0
Shares
94
Views
नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु, ३९ देशका ८५ चलचित्र प्रदर्शन

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १७ माघ ।
 नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु भएको छ । माघ १६ गते चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक मण्डलका सदस्यहरू, विभिन्न देशबाट आएका प्रतिनिधि तथा चलचित्रकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
उद्घाटन समारोहका प्रमुख अतिथि चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष दिनेश डी.सी. रहनुभएको थियो । राष्ट्रिय निर्णायक मण्डलतर्फ अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, लेखक–निर्देशक रमेश बुढाथोकी र निर्माता तथा छायाँकार रविन आचार्य सहभागी थिए । अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा बेलायतकी निर्माता एड्रिना जुली कुलिग र अर्जेन्टिनाका निर्देशक तथा चिकित्सक डा. जर्ज गुइलेर्मो क्याराभोत्ता रहेका छन् ।
समारोहमा फ्रान्स, भारत, बंगलादेश, लिथुआनिया, जर्मनी, अमेरिका, अस्ट्रेलिया र इजरायलसहित विभिन्न देशका आठ अन्तर्राष्ट्रिय प्रतिनिधिलाई ढाका टोपी र खादा ओढाएर स्वागत गरिएको थियो । माघ १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन भइरहेका छन् । समापन समारोहमा उत्कृष्ट चलचित्र तथा स्रष्टाहरूलाई अवार्ड प्रदान गरिनेछ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
नेपालमा ‘इको प्यानल’ प्रविधि: हरित निर्माणतर्फको नयाँ मोड
नेपालमा ‘इको प्यानल’ प्रविधि: हरित निर्माणतर्फको नयाँ मोड