emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सहिद दिवस २०८२ः उपराष्ट्रपति यादवद्वारा सहिदप्रति श्रद्धाञ्जली र राष्ट्रिय एकताको आह्वान

source e-Madhesh २०८२ माघ १६ गते , शुक्रबार
0
Shares
90
Views
सहिद दिवस २०८२ः उपराष्ट्रपति यादवद्वारा सहिदप्रति श्रद्धाञ्जली र राष्ट्रिय एकताको आह्वान

लिलाकान्त यादव,
काठमाडौं, १६ माघ ।
 सहिद दिवस २०८२ का अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, नागरिक अधिकार, समानता, समावेशिता तथा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संरक्षणका लागि बलिदान दिएका सबै ज्ञात–अज्ञात सहिदप्रति हार्दिक नमन, सम्मान र श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
उपराष्ट्रपति यादवले माघ १६ का दिन देशभर आयोजना हुने कार्यक्रमहरूले सहिदहरूको अदम्य साहस, त्याग र बलिदान स्मरण गराउने मात्र नभई समृद्ध र न्यायपूर्ण भविष्यतर्फ अघि बढ्न प्रेरणा दिने बताउनुभयो। उहाँले सहिदहरूको योगदानले सामाजिक न्याय, समान अवसर, पहिचान र सहअस्तित्वमा आधारित समृद्ध नेपाल निर्माणतर्फ मार्गदर्शन गरेको उल्लेख गर्नुभयो।
सहिद दिवस स्मरणको दिन मात्र नभई शान्ति, सुव्यवस्था र समृद्धिको संकल्प लिने अवसरसमेत भएको उल्लेख गर्दै उहाँले समतामूलक समाज र समावेशी लोकतन्त्र सुदृढ गर्ने प्रतिज्ञा लिन आग्रह गर्नुभयो। देशको शान्ति, विकास र सुशासन राष्ट्रिय एकताबाटै सम्भव हुने उल्लेख गर्दै सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई सहिदहरूको सपना साकार पार्न एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ।
सन्देशको अन्त्यमा उपराष्ट्रपति यादवले सहिदहरूको आदर्शलाई जीवनमा उतार्दै लोकतान्त्रिक मूल्यहरूको रक्षा र समृद्ध नेपाल निर्माणमा योगदान गर्न सबैलाई आग्रह गर्नुभएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
नेपालमा ‘इको प्यानल’ प्रविधि: हरित निर्माणतर्फको नयाँ मोड
नेपालमा ‘इको प्यानल’ प्रविधि: हरित निर्माणतर्फको नयाँ मोड