emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपेन्द्र यादवः अधिकारपछि अब मधेशको विकासको लडाइँ

source e-Madhesh २०८२ माघ १४ गते , बुधबार
0
Shares
160
Views
उपेन्द्र यादवः अधिकारपछि अब मधेशको विकासको लडाइँ

लिलाकान्त यादव,
राजविराज, १४ माघ ।
 जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार, पहिचान र स्वाभिमानको संघर्षपछि अब विकासको निर्णायक लडाइँ लड्ने समय आएको बताएका छन्।
सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित शान्ति चोकमा बुधबार आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै यादवले मधेशले लामो समय अधिकार र समानताका लागि संघर्ष गरेको उल्लेख गर्दै अब शिक्षा, स्वास्थ्य, यातायात र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए। “अधिकारको लडाइँ लड्यौँ, अब विकासका लागि एकजुट हुनुपर्छ,” उनले भने।
केन्द्र सरकारले मधेशबाट ठूलो मात्रामा राजस्व उठाए पनि विकास बजेट न्यून आउने गरेको भन्दै यादवले सक्षम प्रतिनिधि नहुँदा सप्तरीका कतिपय क्षेत्र विकासमा पछाडि परेको टिप्पणी गरे। प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्षा र सडक पूर्वाधारमा उल्लेखनीय काम अघि बढाएको दाबी गरे। रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, गजेन्द्रनारायण सिंह अस्पतालको पूर्वाधार विस्तार, विभिन्न सडक निर्माण तथा पालिकालाई एम्बुलेन्स उपलब्ध गराउने काम उल्लेख गर्दै उनले आफ्नो अनुपस्थितिमा ती योजनामा अवरोध सिर्जना भएको बताए।
यादवले मधेश आन्दोलनका उपलब्धीका कारण मधेशी, महिला, दलित, मुस्लिम र पिछडिएका समुदायको सहभागिता सुनिश्चित भएको दाबी गरे। अधिकार खोस्ने प्रयासविरुद्ध एकताबद्ध भएर जसपा नेपालका उम्मेदवारलाई समर्थन गर्न उनले अपिल गरे।
कार्यक्रममा पूर्वमन्त्री रेणुकुमारी यादव, जसपा नेता शैलेन्द्र प्रसाद साहलगायतले सम्बोधन गरेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
नेपालमा ‘इको प्यानल’ प्रविधि: हरित निर्माणतर्फको नयाँ मोड
नेपालमा ‘इको प्यानल’ प्रविधि: हरित निर्माणतर्फको नयाँ मोड