emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

निर्वाचन आचारसंहिता २०८२ लागू, जिल्लामा अनुगमन अधिकृत तोकिए

source e-Madhesh २०८२ माघ १४ गते , बुधबार
0
Shares
39
Views
निर्वाचन आचारसंहिता २०८२ लागू, जिल्लामा अनुगमन अधिकृत तोकिए

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १४ माघ ।
 निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय रूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ। आयोगका अनुसार आचारसंहिता २०८२ माघ १० गते राति १२:०० बजेदेखि कार्यान्वयनमा आएको हो।
आयोगले २०८२ साल फागुन २९ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आचारसंहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको जनाएको छ। आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम आर्थिक बाहेकका विषयमा सहायक प्रमुख जिल्ला अधिकारीहरू र आर्थिक विषयमा प्रमुख कोष नियन्त्रक तथा कोष नियन्त्रकहरू लाई फरक–फरक कार्यजिम्मेवारीसहित अनुगमन अधिकृतको रूपमा खटाइएको छ।
निर्वाचन आयोगले सम्बन्धित सबै निकायलाई आचारसंहिता पालना गर्न र अनुगमनलाई प्रभावकारी बनाउन आवश्यक सहकार्य गर्न अनुरोध गरेको छ। आयोगका अनुसार आचारसंहिता कडाइका साथ लागू गरिनेछ, जसबाट निर्वाचन प्रक्रिया विश्वसनीय र मर्यादित हुने विश्वास लिइएको छ।
उक्त जानकारी निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
नेपालमा ‘इको प्यानल’ प्रविधि: हरित निर्माणतर्फको नयाँ मोड
नेपालमा ‘इको प्यानल’ प्रविधि: हरित निर्माणतर्फको नयाँ मोड