emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८२ का अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

source e-Madhesh २०८२ माघ ९ गते , शुक्रबार
0
Shares
106
Views
वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८२ का अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

लिलाकान्त यादव,
काठमाडौं, ०९ माघ । 
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देशमा उहाँले माघ शुक्लपक्ष पञ्चमीका दिन मनाइने वसन्त पञ्चमीले विद्या, विवेक, कला र संगीतप्रतिको सम्मान अभिव्यक्त गर्ने बताउनुभयो। देवी सरस्वतीको आराधना, शैक्षिक संस्थानहरूमा पूजा–अर्चना तथा सांगीतिक कार्यक्रमले ज्ञान र संस्कृतिप्रतिको आस्था सुदृढ बनाउने उहाँको भनाइ छ। पुस्तक, कलम र वाद्ययन्त्रको पूजा गर्ने परम्पराले अध्ययन–अभ्यासमा प्रयोग हुने साधनप्रति आदर गर्नुपर्ने सन्देश दिने उहाँले उल्लेख गर्नुभयो।
उहाँका अनुसार बालबालिकाको अक्षरारम्भ, सरस्वती मन्दिरहरूमा मेला, सार्वजनिक पण्डालमा सामूहिक पूजा, भजन–कीर्तन तथा वसन्त श्रवणले मौलिक परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पु¥याउँछ। श्रीपञ्चमीका रूपमा पनि मनाइने यस पर्वले कृषिसँगको सम्बन्ध उजागर गर्ने र मधेशमा हलो पूजा तथा कृषिश्रमिक सम्मान गर्ने परम्पराले संस्कृतिको जीवन्तता देखाउने उहाँले बताउनुभयो।
वसन्त पञ्चमीको सर्वधर्म स्वीकार्यताले आपसी सद्भाव र सहकार्यलाई प्रवद्र्धन गर्ने उल्लेख गर्दै उपराष्ट्रपति यादवले हिन्दू, बौद्ध र मुस्लिम समुदायमा फरक–फरक रूपमा मनाइने परम्परालाई राष्ट्रिय एकताको प्रतीकका रूपमा प्रस्तुत गर्नुभयो। अन्त्यमा, यस पर्वले सकारात्मक सोच, मेलमिलाप र समृद्ध जीवनतर्फ सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
नेपालमा ‘इको प्यानल’ प्रविधि: हरित निर्माणतर्फको नयाँ मोड
नेपालमा ‘इको प्यानल’ प्रविधि: हरित निर्माणतर्फको नयाँ मोड