emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विद्यालयहरु शैक्षणिक गुणवत्तासंगै नैतिक, राष्ट्रभक्ति र सामाजिक मूल्य प्रदान गर्न अब्बल बन्नु पर्छः

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
43
Views
विद्यालयहरु शैक्षणिक गुणवत्तासंगै नैतिक, राष्ट्रभक्ति र सामाजिक मूल्य प्रदान गर्न अब्बल बन्नु पर्छः

आर एन महतो ,
 ०१ माघ ।
उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवले सामुदायिक विद्यालयहरूले विद्यार्थीहरूको सर्वाङ्गिन विकासमा मात्रै सीमित नभई उनीहरूलाई नैतिकता, राष्ट्रभक्ति, र सामाजिक मूल्यसहित शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुपर्ने धारणा राख्नुभएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ स्थित श्री बलम्बु माध्यमिक विद्यालयको प्राविधिक शिक्षालय भवन समुद्घाटन समारोहमा उहाँले सामुदायिक विद्यालयहरू देश र समाजको आवश्यकतालाई केन्द्रमा राखी शिक्षाको माध्यमबाट समग्र विकासमा योगदान दिनुपर्ने बताउनुभयो।
उपराष्ट्रपति यादवले विद्यालयले परम्परागत शिक्षण पद्धतिलाई समय सापेक्ष सुधार गरी प्रविधि र सीपमुखी शिक्षामा केन्द्रित हुन जरुरी रहेको औंल्याउनुभयो। उहाँले सामुदायिक विद्यालयहरूको साखलाई सुदृढ गर्न बलम्बु माविले उत्कृष्ट उदाहरण प्रस्तुत गर्नसक्ने विश्वास व्यक्त गर्दै यसको प्रविधिमैत्री र व्यावहारिक शिक्षा कार्यक्रमले विद्यार्थीहरूको भविष्यलाई थप उज्यालो बनाउने आशा गर्नुभयो।
समारोहमा उहाँले सामुदायिक विद्यालयहरूले समाजका सबै वर्गलाई समान अवसर उपलब्ध गराउन र आर्थिक रूपमा कमजोर तथा पछाडि परेका समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। शिक्षालयमा ब्युटिसियन, इलेक्ट्रिसियन, मोबाइल मर्मत, मोटर बाइक मर्मत जस्ता सीप विकासका कोर्षहरू सञ्चालन गरेर विद्यार्थीहरूलाई दक्षता र आत्मनिर्भरता प्रदान गर्नुपर्ने उहाँको धारणा थियो।
उपराष्ट्रपतिले शैक्षिक गुणस्तरसँगै सांस्कृतिक र व्यवहारिक शिक्षाको महत्वलाई पनि औंल्याउनुभयो। उहाँले सामुदायिक विद्यालयहरूले नेपालको मौलिक परम्परा र संस्कृतिलाई संरक्षण गर्दै पुस्तान्तरण गर्न भूमिका खेल्नुपर्ने र शिक्षण विधिलाई जीवनोपयोगी र व्यवहारिक बनाउन आवश्यक रहेको बताउनुभयो।
समारोहमा उहाँले विद्यालयमा योगदान पु¥याउने संस्था र व्यक्तित्वलाई प्रशंसापत्र हस्तान्तरण गर्नुका साथै सामुदायिक विद्यालयहरूले ज्ञान, सीप, नैतिकता, र संस्कारले सुसज्जित गर्दै राष्ट्र निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव