emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

चिसो हावा र हुस्सुले तराईका जनजीवन कष्टकर

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
22
Views
चिसो हावा र हुस्सुले तराईका जनजीवन कष्टकर

भूपदेव माली 
 सप्तरी।
तीन दिनदेखि निरन्तर असह्य चिसो सिरेटो चलेर वातावरणमा बाक्लो हुस्सुले डम्म ढाकेपछि सप्तरी सहित तराई मधेसका जिल्लामा जनजीवन कष्टकर भएको छ । 
बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै सितलहर सुरु भएसँगै चिसो हावा चलेकोले जनजीवन कष्टकर बन्दै गएको हो ।

चिसो र सितलहरले  पूर्व झापादेखि कञ्चनपुरसम्म तराईका जिल्लामा जनजीवन प्रभावित बनेको छ । चिसोको कारण सप्तरीका विभिन्न पालिकाहरुको जनजीवन कष्टकर बनेको छ । सप्तरीको पातो,बरसाईन,कञ्चनपुर, फत्तेपुर , राजविराज , भारदह, हनुमाननगर , महुली र रुपनी बजारहरुमा चहलपहल घटेको छ । अत्यधिक जाडोले सवारीसाधनमा यात्रुको चाप समेत घटेको छ ।
चिसोबाट बच्चा, वृद्ध र विपन्न परिवारहरु बढी प्रभावित हुनेगरेको छ । खासगरी किसानलाई खेतबारीमा कामकाज गर्न असहज हुनु संगै गाई-गोरु, बाख्रा आदी लाई चरचारण गर्न मुश्किल भएको छ। अत्यधिक चिसोको कारण मानिसहरुलाई घर बाहिर निस्कन समेत मुस्किल परेको  हुँदा कोशी नदी भित्रको क्षेत्रमा मकै र गहुँको  बालीहरूको रक्षाको लागि खेतमा राती जंगली जनावर पहरेदारी  गर्ने कृषकहरु लाई ठुलो समस्याको सामना गर्नुपरेको भारदहका किसानहरुले  बताउँछन् ।
विद्यालय, क्याम्पसमा विद्यार्थीको उपस्थिति घटेको छ ।  न्यानो कपडा बिक्रीबाहेक अन्य व्यापार व्यवसायमा मन्दी आउन थालेको भारदह बजारका कपडा व्यापारी कालेश्वर माझीले बताए ।
ग्रामिण भेगमा खास गरी चिसो छल्न घुर (आगो) बालेर तापिरहेका छन् । जाडोको कारण तराई मधेशमा बर्षेनी विपन्न परिवारका व्यक्तिहरूको मृत्यु हुँदै आएको छ ।
चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरू बढी प्रभावित भएका  छन् ।
 स्थानीय तहले आगो बालेर ताप्नको लागि दाउराको ब्यवस्था र न्यानो कपडाको प्रबन्ध गरिदिने मुसहर समुदाय आशमा आगो ताप्ने गरिएका छन्  ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

किसान र कृषिलाई प्राथमिकता दिन सके अर्थतन्त्र माथि उठ्नेः बामदेव गौतम
किसान र कृषिलाई प्राथमिकता दिन सके अर्थतन्त्र माथि उठ्नेः बामदेव गौतम
मोरङमा ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
मोरङमा ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस 
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस 
बीपी स्मारक पब्लिक मावि. भारदहमा प्र.अ. विदाई समारोह सम्पन्न
बीपी स्मारक पब्लिक मावि. भारदहमा प्र.अ. विदाई समारोह सम्पन्न
जसपा–नेपालद्वारा राजविराजमा दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना
जसपा–नेपालद्वारा राजविराजमा दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण
मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण
जनचेतना अभियान नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न
जनचेतना अभियान नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न
माङमालुङ चिया बगानमा करोडौँको हिनामिनाको आरोप, पीडित शेयरधनी अदालत जाने तयारी
माङमालुङ चिया बगानमा करोडौँको हिनामिनाको आरोप, पीडित शेयरधनी अदालत जाने तयारी
निर्वाचन आयोगद्वारा समावेशीता र सुशासनका लागि राजनीतिक दललाई २० बुँदे निर्देशन
निर्वाचन आयोगद्वारा समावेशीता र सुशासनका लागि राजनीतिक दललाई २० बुँदे निर्देशन