emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेश प्रज्ञाप्रतिष्ठानद्वारा संगित सम्राट स्वर्गीय गुरुदेव कामतप्रति श्रद्धाञ्जली अर्पण।

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
149
Views
मधेश प्रज्ञाप्रतिष्ठानद्वारा संगित सम्राट स्वर्गीय गुरुदेव कामतप्रति श्रद्धाञ्जली अर्पण।

शिव कुमार शाह
पाेखरभिण्डा श्रावण २३/

संगितका क्षेत्रमा देश विदेशमा आफ्नो पहिचान बनाएर याेगदान पुर्‍याउने सिरहाको लक्ष्मीपुर पतारी वडा नं-२ वस्ने स्वर्गीय गुरुदेव कामतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न आज मधेश प्रज्ञाप्रतिष्ठानका सदस्य दिनेश यादव,तमलाेपाका केन्द्रीय सदस्य राकेश झा,प्रेस चाैतारी सिरहा जिल्ला अध्यक्ष शिव कुमार शाह,वडा अध्यक्ष किरण राय,फूुलवारी लाईन्स क्लवका अध्यक्ष शंकर गुप्ताले कामत प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेर वर्तमान अवस्थामा विभिन्न समाजिक संजालमा प्रतिष्ठान प्रति उठाएका नाकारात्मक पक्षहरुकाे बारेमा भलाकुसारी गरेको थियो । कामतकाे छाेरा परमेन्द्र भन्नु हुन्छ विगतकाे कुाराकाे पछिनलागेर हम्राे एउटै चाहना हाे बुवाले गर्नुभएको कामकाे उच्च मूल्यांकन गर्दै प्रतिष्ठानले एैतिहासिक काम गर्नुपर्छ हाम्रो चाहना यहि हाे । सदस्य दिनेश यादवले गुरु कामतले दिनुभएकाे सागर जस्तो याेगदानलाई जति वर्णन गरेपनि कमै हुन्छ वर्तमान समयमा उठेकाे गुनासोप्रति हामि गम्भीर छाैं ।

 

हामीले फायल सम्बन्धित मन्त्रालयमा पठाएपनि विभिन्न कारणवस हालसम्म निकासा भएको छैन तर हाम्रो प्रयास जारिरहेकाे कुरा जनाउनु भयाे । साथै प्रतिष्ठानले उहाँको मान सम्मानलाई उच्च मुुल्याङनसाथ कृति सदैव कायम रहनेकिसिमका कार्य गर्न अग्रसर देखाउनमा रतिभर पछि नपर्ने जनाउनु भयाे ।

 
 
 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार