emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस 

source e-Madhesh २०८२ मंसिर २३ गते , मंगलबार
0
Shares
36
Views
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस 

 


हरेक वर्ष डिसेम्बर ९ तारिखमा संसारभर अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस मनाइन्छ। सन् २००३ मा संयुक्त राष्ट्रसंघको महासभाले यो दिनलाई भ्रष्टाचारविरुद्धको चेतना जगाउने अवसरका रूपमा आधिकारिक मान्यता दिएको हो। आजको दिनले भ्रष्टाचारले समाज, अर्थतन्त्र र सुशासनमा पु¥याउने क्षतिबारे जनचेतना बढाउने, पारदर्शिता र उत्तरदायित्व प्रवद्र्धन गर्ने उद्देश्य बोकेको हुन्छ।
भ्रष्टाचार विरुद्ध सबैभन्दा प्रभावकारी हतियार भनेको नैतिकता, मानवीयता र सरल जीवनशैलीप्रतिको हाम्रो आस्था हो। मानिसहरूमा लोभ, लालसा र गैरकानुनी बाटाबाट छिटो लाभ कमाउने प्रवृत्ति नियन्त्रणमा ल्याउन सकेमा मात्र समाजमा सुशासन मजबुत हुन्छ। अर्कोतर्फ, भ्रष्टाचारमा संलग्नलाई स्पष्ट र प्रभावकारी कारबाही गर्न सके मात्र आगामी पुस्तामा सकारात्मक सन्देश पुग्छ।
नेपालमा पदको दुरुपयोग र भ्रष्टाचारको अनुसन्धान तथा कारबाहीका लागि संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन गरेको छ। संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ र २३९ मा आयोगको गठन, अधिकार र जिम्मेवारीका प्रावधानहरू समेटिएका छन्। सार्वजनिक पदमा रहेर भ्रष्टाचार गर्ने जो–कोहीविरुद्ध उजुरी परेमा वा अनुसन्धानमा भेटिएमा आयोगले कानुन बमोजिम कारबाही गर्न सक्छ।
भ्रष्टाचारविरुद्ध बहस केवल कानुनी र संरचनागत तहमा सीमित हुँदैन—यो हाम्रो चेतना, मूल्य र सामाजिक संस्कारसँग गहिरो रूपमा जोडिएको विषय हो। महाकवि देवकोटाका शब्द—
“हातका मैला सुनका थैला, के गर्नु धनले
साग र सिस्नो खाएकै वेस, आनन्दी मनले”
आज पनि उत्तिकै प्रासंगिक छन्। इतिहासमा अमर बनेका गौतम बुद्ध, सोक्रेटस, नेलसन मण्डेला, रुमीजस्ता व्यक्तिहरू धन–सम्पत्तिका कारण होइन, उनीहरूको विचार, आदर्श र मानवताका कारण स्मरण गरिन्छन्।
आज धेरै देशहरूमा भ्रष्टाचार सामाजिक–आर्थिक उन्नतिको मुख्य बाधा बनेको छ। यसले राज्यको व्यवस्थाप्रति अविश्वास बढाउँछ, लोकतान्त्रिक संस्थाहरू कमजोर बनाउँछ र सर्वसाधारणका अधिकारलाई कुण्ठित बनाउँछ। नेपालमा पनि कर तिरेर स्थापित गरिएका संस्थाहरूबाटै सेवाग्राहीले घुमाउरो प्रक्रिया र अनावश्यक दुःख सहनुपर्ने अवस्था भ्रष्टाचारकै संकेत हो। सुशासनको आधार नै पारदर्शिता भएकाले भ्रष्टाचार बढ्दा गणतन्त्र र लोकतान्त्रिक मूल्य नै जोखिममा पर्छन्।
हामीले चुनेका प्रतिनिधिहरूद्वारा संसद वा राज्य संयन्त्रमा हुने अनियन्त्रित सुविधा दुरुपयोग र भ्रष्ट अभ्यासले जनतामा निराशा र अविश्वास बढ्दै जान नदिन सबैले सजग हुन आवश्यक छ। भ्रष्टाचारविरुद्धको लडाइँ कानुनले मात्र जितिदैन, नागरिककै सोच र चेतनाको परिवर्तनले जितिन्छ।
मानिसलाई उसको घर–गाडी वा बाहिरी धनीपनले होइन, गुण, नैतिकता, ईमानदारी र शिक्षाले मूल्याङ्कन गर्ने संस्कार विकसित गर्नैपर्छ। सुशासनयुक्त, पारदर्शी, न्यायपूर्ण र भ्रष्टाचारमुक्त समाज निर्माण आजैदेखि हाम्रो सामूहिक संकल्प हो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न
अमरैयाँका सामाजिक धरोहर व्यक्तिको निधन
अमरैयाँका सामाजिक धरोहर व्यक्तिको निधन
६ दलिय निर्वाचन बहिष्कारमा सशक्त सहभागिता जनाउने क्रान्तिकारी युवा सङ्घ नेपालको घोषणा
६ दलिय निर्वाचन बहिष्कारमा सशक्त सहभागिता जनाउने क्रान्तिकारी युवा सङ्घ नेपालको घोषणा
पृथ्वी जयन्ती : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरण, एकता र सार्वभौमसत्ताको सन्देश
पृथ्वी जयन्ती : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरण, एकता र सार्वभौमसत्ताको सन्देश
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकता सुदृढ बनाउने प्रेरणा दिन्छ: उपराष्ट्रपति यादव
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकता सुदृढ बनाउने प्रेरणा दिन्छ: उपराष्ट्रपति यादव
राजबिराजमा विशाल जगन्नाथ रथयात्रा 
राजबिराजमा विशाल जगन्नाथ रथयात्रा 
धनुषामा ऐलानी जग्गा विवाद उग्र, सतलोक आश्रम–स्थानीय झडपमा एक दर्जन घाइते
धनुषामा ऐलानी जग्गा विवाद उग्र, सतलोक आश्रम–स्थानीय झडपमा एक दर्जन घाइते
सप्तरीमा तीन दलबीच समन्वय बैठक, सात सदस्यीय कार्यदल गठन
सप्तरीमा तीन दलबीच समन्वय बैठक, सात सदस्यीय कार्यदल गठन
सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा स्लो बाइक प्रतियोगिता हुने
सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा स्लो बाइक प्रतियोगिता हुने
“लौरो र स्वतन्त्र एकै ठाउँमा” — नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन: डा. हरि कार्की
“लौरो र स्वतन्त्र एकै ठाउँमा” — नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन: डा. हरि कार्की