emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विश्व माटो दिवसः स्वस्थ माटो, स्वस्थ जीवनका लागि सामूहिक पहलको आवश्यकता

source e-Madhesh २०८२ मंसिर १९ गते , शुक्रबार
0
Shares
105
Views
विश्व माटो दिवसः स्वस्थ माटो, स्वस्थ जीवनका लागि सामूहिक पहलको आवश्यकता

 

बढ्दो आधुनिकीकरण, रासायनिक प्रयोग र अव्यवस्थित भौतिक विकासका कारण वातावरणमा देखिने धेरै परिवर्तन हामीले सजिलै अनुभूत गर्न सक्छौँ। तर केही परिवर्तन यस्ता पनि छन्, जुन हाम्रो आँखाले देख्दैन र मनले महसुस गर्न पनि गाह्रो हुन्छ। माटोको क्षय, प्रदूषण र यसको उर्वराशक्तिमा आएको गिरावट त्यस्ता अदृश्य तर गम्भीर समस्याहरू हुन्। माटो बिग्रँदै जाँदा खाद्य सुरक्षा, मानव स्वास्थ्य र वातावरणीय सन्तुलनमा दिर्घकालीन असर पर्छ, तर यसप्रति पर्याप्त चासो देखाउन सकेका छैनौँ।
यही चुनौतीप्रति विश्व समुदायको ध्यानाकर्षण गराउन हरेक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाइन्छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संस्थान (ँब्इ) ले खाद्य प्रणालीको आधारस्तम्भका रूपमा माटोको महत्त्व स्थापित गर्दै यसको संरक्षण, व्यवस्थापन र दिगोपनाबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउन थालेको हो। थाईल्याण्डका राजा भुमिबोल अडुल्याडेजले माटो संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएका थिए। विश्व माटो दिवसलाई आधिकारिक मान्यता दिने निर्णय पनि उनकै सम्मानमा गरिएको हो, जसका कारण उनको जन्मदिनको अवसरमा, अर्थात् डिसेम्बर ५ कै दिन, विश्वले माटो दिवस मनाउँदै आएको छ।
आजको चुनौती केवल माटोको सतहमा देखिने क्षति मात्र होइन; गहिराइमा भइरहेको जैविक गतिविधिको क्षय, सूक्ष्मजीवहरूको कमी, प्रदूषकहरूको जमघट र अनियन्त्रित रासायनिक उपयोगले माटोको जीवनशक्ति नै कमजोर बन्दै गएको छ। उर्वराशक्ति घट्दै जाँदा कृषिजन्य उत्पादनमा कमी, पोषणस्तरमा गिरावट र वातावरणीय संकट झन् गहिरिँदै जान्छ।
यस वर्षको विश्व माटो दिवसले माटोलाई जीवित संसाधनका रूपमा बुझ्न, यसको पुनर्जीवनका लागि दिगो अभ्यासहरू–जैविक खेती, फसल चक्र, हरियाली संरक्षण, उचित सिंचाइ तथा रासायनिक पदार्थहरूको सीमित प्रयोग–प्रति जोड दिएको छ। किसान, वैज्ञानिक, नीति निर्माता र सर्वसाधारण सबैले माटो संरक्षणलाई आफ्नो दायित्वका रूपमा लिनु अत्यावश्यक भएको छ।
माटो स्वस्थ भए मात्र खाद्य सुरक्षा, जीविकोपार्जन, जैविक विविधता र वातावरण सन्तुलित रहन्छन्। त्यसैले विश्व माटो दिवस केवल प्रतीकात्मक कार्यक्रम नभई, दिगो भविष्यका लागि चेतना र प्रतिवद्धता पुनःस्मरण गराउने अवसर हो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार