ई-मधेश न्युज
भाषाको महत्व
भाषा–त्यो केवल बोली होइन,
आँखा हो, जसले चिनिन्छ पहिचान ।
शब्दहरु ससाना चिजजस्ता लाग्छन्,
तर त्यहीबाट बन्छ भविष्य ।
नानीको पहिलो बोली– ’माइ’
कसरी बिसौं त्यो आवाज, त्यो राग ?
मातृभाषा भनेको हृदयको सङ्गीत हो,
जहाँ कथा, गीत र संस्कृति सँगै बाँच्दछ ।
आफ्नो भाषा बोल्न डराउनु भनेको,
आफ्नो आत्मा लुकाउनु जस्तै हो ।
विद्यालयले पढाउँछ विज्ञान,
तर मनले बुझाउँछ माटोको भाषा ।
भाषा त्यो आँखा हो जसले देख्छ,
कसले हामीलाई सम्झन्छ,
र हामीले आफैलाई कति चिन्छौं ।
भाषा हराउँदा हराउँछ संस्कृति,
मौनता बन्छ चिहान ।
तर जब बोल्छ मातृभाषा,
त्यहीं जाग्छ चेतना, उदाउँछ आशा ।
प्रा.डा. देव नारायण यादव
सदस्य, गधेश प्रज्ञा–प्रतिष्ठान