emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेशभर समाचकेवा पर्व उल्लासपूर्वक मनाइँदै

source e-Madhesh २०८२ कार्तिक १८ गते , मंगलबार
0
Shares
79
Views
मधेशभर समाचकेवा पर्व उल्लासपूर्वक मनाइँदै

लिलाकान्त यादव, राजविराज, १९ कार्तिक । मिथिला क्षेत्रसहित मधेशभर आज समाचकेवा पर्व उल्लासपूर्वक मनाइँदैछ । यो पर्व दिदीबहिनी र दाजुभाइबीचको स्नेह, माया र आपसी सम्बन्ध सुदृढ गर्ने पर्वका रूपमा मनाइन्छ । कार्तिक शुक्ल एकादशीका दिनदेखि सुरु हुने यो पर्व एक साता भन्दा बढी दिनसम्म मनाइन्छ । विशेषगरी दिदीबहिनीहरूले माटोका पुत्ला—समाचकेवा, चैती, बटोहा र अन्य पात्र बनाएर चौरमा गीत गाउँदै नाच्दै पूजा गर्छन् । समाचकेवा पर्वले भाइबहिनीबीचको आत्मीय सम्बन्ध, स्नेह र पारिवारिक एकतालाई झनै प्रगाढ बनाउने विश्वास गरिन्छ । यो पर्वका माध्यमबाट महिलाहरूले समाजमा नारीको माया, समर्पण र सहिष्णुताको सन्देश फैलाउने गर्छन् । पर्वका अन्तिम दिन बहिनीहरूले दाजुभाइलाई माटोको टोकरी (डालो) अर्पण गरी दीर्घायु र सुखसमृद्धिको कामना गर्छन् । त्यसपछि दाजुभाइले पनि बहिनीलाई उपहार प्रदान गरी आशीर्वाद दिने प्रथा रहेको छ । जनकपुर,सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, महोत्तरी लगायतका जिल्लामा आज बिहानैदेखि महिलाहरू रंगीन पोशाकमा सिँगारिएर चौरमा भेला भई गीत, नाच र पूजापाठमा सहभागी भइरहेका छन् । समाचकेवा पर्वले मधेशको सांस्कृतिक पहिचानलाई झल्काउने मात्र होइन, दाजुभाइ र दिदीबहिनीबीचको माया र स्नेहको गहिरो बन्धनलाई अझ मजबुत बनाउने गर्छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार