emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

धनतेरस आज: लक्ष्मीपूजा र शुभ किनमेलको शुभ अवसर

source e-Madhesh २०८२ कार्तिक १ गते , शनिबार
0
Shares
60
Views
धनतेरस आज: लक्ष्मीपूजा र शुभ किनमेलको शुभ अवसर

 बडादसैँको समाप्तिसँगै देशभर तिहारको उल्लास सुरु भएको छ। आजदेखि सुरु भएको यमपञ्चकको पहिलो दिन धन त्रयोदशी (धनतेरस) धनोपार्जन र समृद्धिको प्रतीक दिवसका रूपमा मनाइँदै छ। आजको दिन लक्ष्मी र कुबेरको पूजा गरी धनधान्यको स्थायी प्राप्तिका लागि व्रत बस्ने चलन छ।
धनतेरसका दिन घरमा नयाँ सामग्री किनमेल गर्ने धार्मिक परम्परा रहिआएको छ। विशेष गरी चाँदी, सुन, स्टिल, तामा र पित्तलका भाँडाकुँडा खरिद गर्नु शुभ मानिन्छ। शास्त्रअनुसार आज खरिद गरिएका वस्तु घरमा पूर्व–उत्तर दिशातर्फ (ईशान कोणमा) राख्नुपर्छ। यसरी खरिद गरिएको सामान अरूलाई उपहारका रूपमा नदिई आफ्नो प्रयोजनका लागि मात्र राख्नुपर्ने विश्वास छ।
माता लक्ष्मी र भगवान् गणेशको पूजा गरी घरमा स्थायी समृद्धि र शान्तिको कामना गरिन्छ। पूजाका लागि कमलको फूलमा आसन ग्रहण गरिरहेकी लक्ष्मीजीको मूर्ति वा तस्बिर राख्न अत्यन्त शुभ मानिन्छ। यसो गर्दा घरमा अन्न र धनको स्थायी बास हुने जनविश्वास छ।
आजको दिन कौडी, कमलगट्टा र सिङ्गो धनियाँ किनेर घरमा भित्र्याउने चलन पनि रहिआएको छ। यी वस्तुहरू लक्ष्मीपूजामा सामेल गरी घरमा राख्दा आर्थिक सम्पन्नता र मानसिक शान्ति मिल्ने मान्यता छ।
पौराणिक कथाअनुसार, यमराजबाट आफ्नो जीवन रक्षा गर्न दीपदानको परम्परा आजैदेखि सुरु भएको हो। त्यसैले धनतेरसको रातमा घर, आँगन र बाटोमा दीप प्रज्वलन गरेर यमराजको आराधना गरिन्छ।
धन, समृद्धि र सौभाग्यका प्रतीकका रूपमा मनाइने आजको दिनले तिहार उत्सवको औपचारिक सुरुवात दर्शाउँछ। सम्पूर्ण नेपालीहरूलाई धनतेरसको हार्दिक शुभकामना।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव