emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रोयल सेकेन्डरी स्कुलमा हाजरीजवाफ प्रतियोगिता सम्पन्न

source e-Madhesh २०८२ आश्विन ३१ गते , शुक्रबार
0
Shares
106
Views
रोयल सेकेन्डरी स्कुलमा हाजरीजवाफ प्रतियोगिता सम्पन्न


लिलाकान्त यादव,
राजविराज, ३१ असोज ।
हनुमाननगर कंकालिनी–३ पोर्ताहास्थित रोयल सेकेन्डरी स्कुलले लक्ष्मीपूजा र छठ पर्वको अवसरमा छात्रछात्राबीच हाजरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ।
तिहार एवं छठ पर्वको विदा हुने अवसरमा सम्पन्न कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता संगै न। नृत्य तथा गायन समेतको प्रस्तुती रहेको कार्यक्रम विद्यालयका प्रिन्सिपल देवनाथ यादवको सभापतित्वमा सम्पन्न भएको हो। सो अवसरमा मधेश प्रज्ञा प्रतिष्ठानका सञ्चालक सदस्य दिनेश कुमार यादव विशिष्ट अतिथिको रूपमा उपस्थित रहनुभयो। विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य प्रस्तुति पनि दिएका थिए।
कार्यक्रमको मञ्च सञ्चालन नरेश झाले गर्नुभएको थियो। विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
सम्पन्न प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरू चार हाउस — रेड, ग्रीन, ब्लु र येलो — गरी २० जना सहभागी भएका थिए।
प्रतिस्पर्धात्मक रूपमा सम्पन्न प्रतियोगितामा रेड हाउसले १७ अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गर्न सफल भयो।
यसरी नै ब्लु हाउसले १३ अंकसहित दोस्रो, ग्रीन हाउसले १० अंकसहित तेस्रो, र येलो हाउसले ६ अंकसहित चौथो स्थान प्राप्त गरे।
विजेताहरूलाई कापी र डटपेन पुरस्कारस्वरूप वितरण गरिएको थियो ।
कार्यक्रममा छात्राहरूद्वारा मैथिली, नेपाली र हिन्दी गीतमा नृत्य एवं गायन प्रस्तुत गरिएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार