emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादव द्वारा विजयादशमी, २०८२ को शुभकामना सन्देश

source e-Madhesh २०८२ आश्विन १३ गते , सोमबार
0
Shares
35
Views
उपराष्ट्रपति यादव द्वारा विजयादशमी, २०८२ को शुभकामना सन्देश

लिलाकान्त यादव,
काठमाडौँ, १२ असोज ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयादशमी, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई मंगलमय शुभकामना दिएका छन्।
शुभकामना सन्देशमा उनले नेपाल विविध सांस्कृतिक, धार्मिक, ऐतिहासिक र परम्परागत सम्पदाले समृद्ध मुलुक भएको उल्लेख गर्दै यहाँका चाडपर्वहरूले राष्ट्रिय एकता, सामाजिक घनिष्ठता, आध्यात्मिक चेतना र सांस्कृतिक निरन्तरतामा महत्वपूर्ण भूमिका खेल्ने बताए।
विजयादशमी असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीक भएकाले यसले मानव जीवनमा सदाचार, सहिष्णुता, आत्मसंयम र सत्यको मार्ग अँगाल्न प्रेरणा दिने उपराष्ट्रपति यादवको भनाइ छ।
यस पर्वले परिवारजनबीच पुनर्मिलन, आपसी सद्भाव र सामाजिक समरसता अभिवृद्धि गर्ने परम्परालाई सुदृढ बनाउने भन्दै उनले समाजमा रहेका कटुतालाई विस्मृत गर्दै आपसी सम्बन्धलाई मजबुत बनाउन विजयादशमी महत्त्वपूर्ण हुने बताए।
काम, क्रोध, लोभ, मोह, अहंकार र हिंसाजस्ता नकारात्मक प्रवृत्ति त्यागी सकारात्मक सोच र सुसंस्कारको विकास गर्न विजयादशमीले प्रेरित गर्ने विश्वास व्यक्त गर्दै उनले संविधानको पालना, संरक्षण र कार्यान्वयनका लागि सबैले संयम, संवाद र सहकार्यको मार्ग अँगाल्नुपर्नेमा जोड दिए।
सन्देशमा उपराष्ट्रपति यादवले असत्य, अन्याय र विभाजनका विरुद्धमा विजयादशमीले नेपालीलाई एकजुट हुन उत्प्रेरित गर्ने उल्लेख गर्दै सत्य, सदाचार, सद्भाव, भाइचारा र सहिष्णुताको बाटोमा अघि बढ्न शुभेच्छा व्यक्त गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव