emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

तराई मधेशमा जितिया पर्वको हर्षोल्लास 

source e-Madhesh २०८२ भाद्र २९ गते , आइतबार
0
Shares
44
Views
तराई मधेशमा जितिया पर्वको हर्षोल्लास 

 


भूपदेव माली,
राजविराज, २९ भाद्र ।
आज तराई मधेशको आमाहरूले जितिया पर्व मनाउँदै छिन्। 
आफ्ना सन्ततिका लागि जितमहान भगवानलाई आराधना गर्दै जितिया पर्व मनाएकी हुँन्।
खासगरी तराईको मिथिला क्षेत्रमा र थारुहरू बसोबास गरेको ठाउँमा यो पर्व बडो उल्लासपूर्ण वातावरणमा मनाइन्छ।सन्तति स्नेह एवम् उत्सर्गको पवित्र पर्व जितिया आज अर्थात् आइतबारको दिन व्रतालु हरू निहार निराहार बस्ने भएकी छन्।मधेस तराईका आमाहरूले आफ्ना सन्तानको सुरक्षा, दीर्घायु र प्रगतिका लागि २४ घण्टाभन्दा बढी समय निराहार व्रत बसेर यो पर्व मनाउने परम्परा छ । 
व्रतालु आमाले  हिजो शनिबारका दिन सूर्योदय हुनुअगावै  दिवङ्गत पितृको स्मरण एवम् जित महान देवतालाई आराधना गरी घिरौँलाको पातमा चढाएको दहीच्युरा, फलफूल लगायतका प्रसाद सपरिवार ग्रहण गरेपछि जितिया सुरु भएको धार्मिक मान्यता छ ...
 भारत बजारको अलगअलग स्थानमा बनाएको जीत महानको मूर्ति एक स्थानमा राम समाजका धिरेन राम, सुरज राम, राजु राम, देवचरण राम ,गर्भुराम अगुवा कार्यकर्ता रहेका छन् भने अर्को स्थानमा राय (अमात) समाजका अगुवा राम राय रहेका छन्। राम समाजले २४ घण्टाका लागि अष्टयाम संकीर्तन समेत गर्ने भएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार