emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

डा. महाबिर पुनको अभियानः कृषि औजार कारखाना पुनःसञ्चालनका लागि पुस्तक बिक्री

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
20
Views
डा. महाबिर पुनको अभियानः कृषि औजार कारखाना पुनःसञ्चालनका लागि पुस्तक बिक्री

लिलाकान्त यादव,
राजविराज, १३ माघ।
सामाजिक अभियन्ता तथा बैज्ञानिक डा. महाबिर पुनले बन्द रहेको वीरगंज कृषि औजार कारखाना पुनःसञ्चालन गर्न आफ्नै आत्मकथा “सम्झना, सपना र अबिरल यात्रा” पुस्तक बिक्री गर्दै आर्थिक सहयोग जुटाउने अभियानमा रहेका छन्। बीरगञ्ज स्थित कृषि औजार कारखाना सञ्चालनका लागि रकम जुटाउन पुस्तक बेच्ने क्रममा शनिबार राजबिराज आइपुगेका हुन्।
यो अभियानअन्तर्गत हालसम्म डा. पुनले करिब ९ करोड रुपैयाँ संकलन गरेका छन्।  सप्तरीको राजविराजमा पुस्तक बिक्री गर्दै गरेका डा. पुनले विगत ३० वर्षदेखि बन्द अवस्थामा रहेको वीरगंज कृषि औजार कारखानालाई पुनर्जीवित गर्न यो प्रयास गरिएको बताए।
डा. पुनका अनुसार, ३०७ दिनमा १ लाख ५५ हजार ५ थान पुस्तक बिक्री भइसकेका छन्। उनले संकलित रकमले कारखाना मर्मत गरी साना किसानहरूको सेवा गर्ने उद्देश्य रहेको स्पष्ट पारे। 
वीरगंज कृषि औजार कारखाना पुनःसञ्चालनसँगै १५ प्रकारका कृषि उपकरण उत्पादन र परीक्षण सम्पन्न भइसकेको जानकारी डा. पुनले दिएका छन्। यस कारखानाको पुनर्जीवनले कृषिप्रधान देश नेपालका किसानहरूलाई अत्यावश्यक औजार उपलब्ध गराउन सहयोग पुग्नेछ।
वीरगंज कृषि औजार कारखानाको अव्यवस्थित स्थिति देखेर आफूले यो अभियान सुरु गरेको बताउँदै डा. पुनले सरकारी स्वामित्वको यो सम्पदालाई पुनःक्रियाशील बनाउने अठोट व्यक्त गरे। यो अभियान पैसा कमाउने नभई किसानहरूको हितका लागि सेवा भावले गरिएको डा. पुनले स्पष्ट पारेका छन्।
उनको अभियानले किसानहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र कृषि उत्पादन वृद्धि गर्न ठोस आधार तयार गर्ने विश्वास गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार