emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा स्व. गजेन्द्र नारायण सिंहको स्मृतिमा विभिन्न कार्यक्रम सम्पन्न

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
58
Views
सप्तरीमा स्व. गजेन्द्र नारायण सिंहको स्मृतिमा विभिन्न कार्यक्रम सम्पन्न

भुपदेव माली,
राजविराज, १० माघ ।
सप्तरीमा राजनेता गजेन्द्र नारायण सिंहको स्मृतिमा विभिन्न कार्यक्रमहरू गरी स्मृति दिवस मनाएका छन्।  
सप्तरीको राजबिराज स्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा राष्ट्रिय मुक्ति पार्टी सप्तरीद्वारा ’गजेन्द्र बाबुको चिन्तन और मधेशकी भावी कार्यदिशा’ शीर्षक राखी दिवस मनाएका छन्।
कार्यक्रममा संघीयता ,समावेशीता, पहिचान र मधेस आन्दोलनका दरोहर लोकतान्त्रिक आन्दोलनका धरोहर लोकतान्त्रिक आन्दोलनका अथक योद्धा एवं मधेशवादका प्रनेता एवं युगपुरुष स्वर्गीय नारायण सिंह प्रति यस २४ औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम मनाएका हुन्।
उहाँको योगदानले नेपालमा संघीयताको स्थापनासँगै मधेसी जनताको पहिचान, अधिकार र स्वाभिमानको यात्रालाई एउटा नयाँ दिशा दिएकोले गजेन्द्र नारायण सिंहको आदर्श र दृष्टिकोण आज पनि संघीयता समानता र न्यायका लागि प्रेरणा बनेर रहँदै आएकोले उहाँको आदर्शलाई जीवन्त राख्दै उहाँको मार्गदर्शनलाई आत्मसाथ गरी समानता, समावेशिता र न्यायपूर्ण समाज  निर्माण गर्ने प्रतिबद्धता सहितका कार्यक्रम सम्पन्न गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार