emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पहिलो अध्यक्ष कप फुटवल प्रतियोगिता सम्पन्न।

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
78
Views
पहिलो अध्यक्ष कप फुटवल प्रतियोगिता सम्पन्न।

शिव कुमार शाह
लहान मंसिर १०।

सिरहाको गापा लक्ष्मीपुर पतारीकाे आयाेजनामा प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० काे समापन शनिबार गापा अध्यक्ष चतुरानन्द ठाकुरले गर्नुभएकाे छ । कार्यक्रममा विशिष्ट अतिथिकोरुपमा गापा उपाध्यक्ष अमरकला यादव अतिथिमा वडा अध्यक्ष रामचन्द्र चाैधरी,माेनाेनित वडा अध्यक्ष किरण कुमार राय,प्रअ पशुपति साह,श्री. डाे.चाै. मा. वि. पाेखरभिण्डा पर्साकाे भूपू वि. व्यवस्थापन समितिकाे अध्यक्ष महेश्वर कामैत,स्थानीय नेता महिद राईन लगायतका उपस्थिति रहेका थिए ।
खेलका संयाेजक ज्ञानेन्द्र चाैधरीकाे अनुसार आज फाइनल खेल लहान नगरपालिका १५ काे वानाे फुटबल कल्व र धनगढीमाई नगरपालिका १० काे दनुवार फुटबल कल्वविच घमासान खेल चलेको थियोे । जसमा बानाे टिमले दुइ गाेल र दनुवार फुटबल कल्वले १ गाेल गरेपछि वानाे टिमले विजय कप हाँसिल गरेका छन् ।गापाले याे खेलकाे आयोजना गरेर युवा हरुलाई खेलप्रतिकाे अभिरुचि जगाउनमा थप टेवापुर्याएकाे कुरा खेलाडिहरुले जनाउनु भयो । गढिमाई यूवाकल्ब पाेखरभिण्डा पर्सा परिवारलाई सबैले धन्यवाद व्यक्त गरेका थिए । मिडिया पार्टनरकाे रुपमा सहयोग गर्ने ग्लाेवल संचार परिवार लगायत करिब दर्जनौं संचार कर्मिहरुका उपस्थित रहेका थिए ।
कार्यक्र संचालन स्थानीय यूवा जितेन्द्र कुमार राय गरेको थियोे भने खेलाडीहरुकाउच्च मनाेबल बढाउन स्थानीय वडा अध्यक्ष रामचन्द्र चाैधरी र मनाेनीत वडा अध्यक्ष किरण कुमार राय,प्रख्यात भूपू स्थानीय खेलाडी सुनिल कुमार चाैधरीले दुुवै टिमले उत्साहजनक खेलेकाेमा धन्यवाद व्यक्त गरेका थिए ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार