emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

साउने संक्रान्ति : वर्षा, भक्ति र सांस्कृतिक आस्था

source e-Madhesh २०८२ श्रावण १ गते , बिहीबार
0
Shares
43
Views
साउने संक्रान्ति : वर्षा, भक्ति र सांस्कृतिक आस्था


असार सकिएपछि सुरु हुने साउन महिनाले धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले विशेष महत्त्व राख्छ। अत्यधिक वर्षा हुने यो महिना “पावन महिना”को रूपमा चिनिन्छ। विशेषगरी हिन्दू धर्मालम्बीहरूका लागि यो महिना भगवान् शिवको आराधना, उपवास, र भक्ति भावका गतिविधिमा समर्पित रहन्छ।
पौराणिक कथन अनुसार, यही महिनामा समुद्र मन्थन हुँदा निस्किएको हलाहल विषलाई भगवान् शिवले पिएर संसारको रक्षा गरेका थिए। विषपानपछि शिव हिमालयमा गएका र गोसाइँकुण्डमा सुतिरहेको जनविश्वास छ। विषको असर कम गर्न शिव लिङ्गमा जल चढाउनु उपयुक्त मानिन्छ। त्यसैले यस महिनामा शिव मन्दिरहरूमा भक्तजनको ओइरो लाग्छ।
श्रावणमा सोमबारको व्रत बस्ने परम्परा विशेष चर्चित छ। विशेषतः अविवाहित महिलाहरूले राम्रो वर पाउन सोमबार शिवको पूजा गर्छन्। काँवर बोकेर जल चढाउन जाने परम्परा पनि यही महिना अत्यन्त प्रचलित हुन्छ। काँवरयात्रा शिवभक्तहरूको सामूहिक भक्ति प्रदर्शन हो जसमा भक्तजनहरू नङ्गो खुट्टा लामो यात्रा गर्दै शिवस्थली पुग्छन्।
धरानको पिण्डेश्वर, काठमाडौको बागद्वार, महोत्तरीको जलेश्वरनाथ, बारा जिल्लाको सिद्धेश्वर महादेवजस्ता शिवालयहरू काँवरयात्राका प्रमुख गन्तव्य हुन्। यस क्रममा पहेंलो वा सुन्तला रङ्गको पोशाकमा सजिएर जल बोकेर यात्रा गर्ने भक्तहरूको दृश्य आस्थाको प्रतीक बन्छ।
साउने संक्रान्तिले वर्षासँगै भक्तिभाव, अनुशासन र सांस्कृतिक चेतनालाई उजागर गर्दै समाजमा धार्मिक एकता र परम्पराको संरक्षणमा योगदान पुर्‍याउँदै आएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार