emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राष्ट्रिय धान दिवसः माटो र पहिचानको स्मरण

source e-Madhesh २०८२ असार १५ गते , आइतबार
0
Shares
45
Views
राष्ट्रिय धान दिवसः माटो र पहिचानको स्मरण

 

 धान रोपाइँको चटारो, हिलोमा रमाइलो, र दही–च्युराको स्वादले नेपालभरि राष्ट्रिय धान दिवस मनाइन्छ। तर, वर्षैपिच्छे बर्खा असमान छ। कतै धान सुक्छ, कतै बाढीले लुट्छ।
नेपाल कृषि प्रधान देश हो भन्ने भनाइ पुरानो भए पनि अहिलेको वास्तविकता फरक छ। कृषिमा श्रम गर्ने हातहरू विदेशिएका छन्। कोदालो समात्ने हातले अब पासपोर्ट समाइरहेका छन्। बाँझो खेत र बोराभरि चामल आयातले हाम्रो स्वाभिमानमाथि प्रश्न उठाएको छ।
धान दिवसको उद्देश्य प्रष्ट छ — कृषिमा आत्मनिर्भरता, आधुनिकिकरण र आयातको अन्त्य। अझ दुःखद कुरा त के भने, देशको कुल धानखेती क्षेत्रफलमध्ये मात्र २१% मा सिंचाइ सुविधा उपलब्ध छ। तर, आकाशे पानी र उपजाउ माटो हाम्रो सम्भावना हो, सीमितता होइन।
हामीले इतिहास बिर्सिनु हुँदैन — १९७० अघि नेपाल चामल निर्यात गर्ने थोरै देशमध्ये एक थियो। अहिले भने चामल आयात गर्ने देशको सूचीमा माथि छौं।
अब आवश्यक छ साहसी अठोटः
“छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला,
बनाई कुलो लगाई पानी आएर गोडौंला।“
धान दिवस केवल उत्सव होइन, स्मरण हो — हाम्रा माटो, पौरख र पहिचानको। अब समय आयोः कृषि व्यवसाय बनाउने, आत्मनिर्भर बन्ने र फेरि उत्पादनमै गर्व गर्ने। माटोको जय होस्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार