emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पूर्व प्रधानमन्त्री झलनाथ खनालको बौद्ध शिक्षा अध्ययन प्रेरणादायक उदाहरण

source e-Madhesh २०८२ असार १३ गते , शुक्रबार
0
Shares
60
Views
पूर्व प्रधानमन्त्री झलनाथ खनालको बौद्ध शिक्षा अध्ययन प्रेरणादायक उदाहरण

 

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १३ असार ।
 पूर्व प्रधानमन्त्री झलनाथ खनालले औपचारिक रूपमा बौद्ध शिक्षा अध्ययन गर्दै आउनु नेपाली समाजमा प्रेरणाको स्रोत बन्ने देखिएको छ। देशको प्रमुख कार्यकारी पदमा पुगिसकेका व्यक्तिले पुनः औपचारिक शिक्षा सुरु गर्नु समाजमा दुर्लभ उदाहरण हो।
यसै सन्दर्भमा, बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको पाँचौं वार्षिक पुण्यतिथिमा विश्वशान्ति विहार, मीनभवनमा आयोजित कार्यपत्र प्रस्तुति गोष्ठीमा खनालले सहभागीता जनाए। गोष्ठीमा विद्वानहरू मदन मानन्धर र डा. त्रिरत्न मानन्धरले कार्यपत्र प्रस्तुत गरे।
स्व. भिक्षु ज्ञानपूर्णिकले जीवनभरमा ६० वटा बौद्ध धर्मसम्बन्धी पुस्तक लेखेका थिए। उहाँ धर्मोदय महासभाका पूर्व अध्यक्ष र थेरवाद बौद्ध धर्मका सातौं संघनायक समेत हुनुहुन्थ्यो।
कार्यक्रमको अध्यक्षता निग्रोध महास्थवीरले गरेका थिए भने सञ्चालन डा. रीना तुलाधरले गरेकी थिइन्। कार्यक्रममा थेरवाद बौद्ध एकेडेमीका प्राध्यापक, विद्यार्थी र अन्य भिक्षुहरूको उपस्थिति थियो।
पूर्व प्रधानमन्त्री खनालको यस सहभागिता बौद्ध अध्ययनप्रति गहिरो आस्था र निरन्तर आत्मविकासको प्रतीकका रूपमा हेरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार