emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

आज बट सावित्री व्रतः सावित्रीको निस्वार्थ प्रेमको प्रतीक

source e-Madhesh २०८२ जेष्ठ १२ गते , सोमबार
0
Shares
32
Views
आज बट सावित्री व्रतः सावित्रीको निस्वार्थ प्रेमको प्रतीक

 आज जेष्ठ औँसीको दिन हिन्दू वैवाहिक महिलाहरूले बट सावित्री व्रत (मिथिलामा बरसाईत) मनाइरहेका छन्। यो व्रत सावित्री र सत्यवानको प्रेम, निष्ठा र समर्पणको स्मरणमा वर्षेनि मनाइन्छ।
धार्मिक विश्वास अनुसार, राजा अश्वपतिकी छोरी सावित्रीले जंगलमा वस्ने, दृष्टिविहीन पिता भएका सत्यवानसँग विवाह गरेकी थिइन्। दाउरा काट्ने क्रममा मृत्युको मुखमा पुगेका सत्यवानको प्राण यमराजबाट पुनः पाउने अद्वितीय साहस सावित्रीले देखाएकी थिइन्। यही निस्वार्थ प्रेमको प्रतीकका रूपमा आजको दिन व्रत लिइन्छ।
मिथिला क्षेत्रका महिलाहरू विशेष रूपमा यो व्रतमा सहभागी हुन्छन्। बिहानै नुहाएर उपवास बस्ने, बरको रुख मुनी पूजा गर्ने, बट सावित्री कथा श्रवण गर्ने र ठूला–बडाबाट आशीर्वाद लिने परम्परा रहेको छ। बरको रुखलाई हिन्दू धर्ममा अजर–अमरको प्रतीक मानिन्छ।
यो व्रतको मूल उद्देश्य पतिको दीर्घायु, सुखमय वैवाहिक जीवन, र सन्तानको कल्याणका लागि प्रार्थना गर्नु हो। अस्कन्द पुराण अनुसार, सावित्रीको कथा पाठ तथा वट वृक्षको पूजनले वैवाहिक जीवनमा स्थायित्व, प्रेम र समर्पणको वर्दान मिल्ने विश्वास गरिन्छ।
बट सावित्री व्रत मिथिला संस्कृतिको एक गहिरो धार्मिक एवं सांस्कृतिक पक्षका रूपमा आज पनि जीवित छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार