emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाको नवनिर्वाचित पदाधिकारीको पदस्थापन

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
54
Views
नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाको नवनिर्वाचित पदाधिकारीको पदस्थापन

भूपदेव माली 
 राजबिराज।
नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूको पदस्थापन, सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको छ।
बुधबार नेपाल पत्रकार महासङ्घको सभाहलमा आयोजित पदस्थापन समारोको निर्वाचन समितिका संयोजक एवं प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाको अध्यक्षता एवं मधेस प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरू एवं सदस्यहरुको पदस्थापन, सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको हो।

सम्पन्न कार्यक्रममा पदस्थापन पश्चात प्रमुख अतिथि द्वारा प्रमाण पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो र संगै नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य एवं प्रदेश महासङ्घमा पुगेका पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो।
सचिव पदमा नवनिर्वाचित खगेन्द्र कार्कीले मंच संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मुख्यमन्त्री सिंहले 'मधेस प्रदेशका सम्पूर्ण पत्रकारहरूको लागि एक लाखको स्वास्थ्य बीमा र ७ लाखको दुर्घटना बीमा सुनिश्चित गरिसकेको र निकट भविष्यमा पत्रकारहरूको स्यालरी, विज्ञापनम रकममा वृद्धि गरिने'प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले 'अब पत्रकारहरूलाई दयनीय जीवन नभोग्नुपर्ने उहाँहरूको भरण - पोषणबारे र व्यावसायिक संरक्षणको बारेमा प्रदेश सरकार मनन गरिराखेको' बताउनुभयो।
कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधिहरू, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, जिल्ला समन्वय समितिका प्रमुख, विभिन्न संघसँगस्थाका प्रतिनिधिहरू लगायत जिल्लाका पत्रकारहरूको उपस्थिति रहेको थियो। 
कार्यक्रममा निर्वाचन समितिका सदस्य ध्रुव कुमार मण्डल ले स्वागत मन्तव्य राखेका थिए भने प्रेस सेन्टरका अध्यक्ष दिनानाथ यादव, प्रेस चौतारीका अध्यक्ष डम्बर राई, प्रेस मञ्चका महासङ्घका केन्द्रीय सदस्य ललिता शाह, मधेस प्रदेश महासङ्घका उपाध्यक्ष अम्बिका दाहाल, केन्द्रीय सदस्य राजु विश्वकर्मा, प्रेस समाजवादी सङ्घका अध्यक्ष अनिल पोखरेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव