emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

आज क्रिसमस डे हो : सम्पादकीय |

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
107
Views
आज क्रिसमस डे हो : सम्पादकीय |

आज क्रिसमस डे हो। २५ डिसेम्बरको दिन क्रिश्चियन अनुयायीहरुले ख्रिस्टको जन्मोत्सवको रुपमा यस दिन क्रिसमस डे को रूपमा एउटा पर्व मनाउने गरिन्छन्।क्रिसमस पर्वको खास मान्यता के छ भने संसारका मानिसहरूको पापलाई क्षमा (मुक्त) गराउन तथा रोक्नका लागि ईश्वरले आफ्नो एक मात्र पुत्र येसु ख्रिस्टलाई यस धर्तीमा पठाउनु भयो । यिनै ख्रिष्टले दिव्य उपदेशको प्रचारप्रसार गर्ने क्रममा  आफ्नो प्राण नै त्यागेको  धर्मशास्त्र बाइबलमाको अनुसार मानिसलाई प्रेम र भाइचाराको साथ रहन सन्देश दिएका छन् । येसु एक धार्मिक केन्द्रीय व्यक्ति थिए । उनले समाजलाई प्रेम र मानिसहरूलाई शिक्षा दिएका छन् । यिनलाई इसाई धर्मका संस्थापक पनि मानिन्छ । 
यिनै इसाई धर्मका प्रवर्तक येसु ख्रिस्टको जन्मोत्सवको सम्मानमा डेसेम्बर २५ का दिन क्रिश्चियन अनुयायीहरूले क्रिसमस डे धुमधामका साथ मनाइने गरिन्छ । यो इसाई समुदायको सबैभन्दा ठुलो र खुसीको चाड भएकाले  यसलाई ‘वडा दिन’ पनि भन्ने गरिन्छ । क्रिसमसको पूर्वसन्ध्यालाई क्रिसमस इभ भनिन्छ । यो इभ परिवारमा हर्साेल्लास र खुसीका साथ समय बिताउने एक उत्तम समय हो ।

क्रिश्चियन धर्म नेपालीहरूको धर्म पक्कै पनि होइनन्। यो पश्चिमीली देशहरू बाट आयतित धर्म हो। २००७ सालपछि नेपालमा पनि आयात भएको हो।त्यसपछि नेपालमा प्रत्यक्ष रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेन्सीहरू स्थापना हुँदै गए । यिनीहरूले मन्डली (चर्च) को माध्यमबाट घरबारविहीन बेसहारा, दीनदुःखी गरिब वर्गलाई लक्षित गरेर शिक्षा, स्वस्थ्य तथा खाध्यन्न प्रलोभन दिन थाले । जसले गर्दा इसाईहरूको सङ्गतिमा एवं उनीहरूले दिएको अनुदान को प्रलोभनमा परेर गरी एवं निशाहे वर्गका व्यक्तिहरू सदस्यमा वृद्धि हुँदै गयो । अहिले नेपालका अनेकौ ठाउँमा विभिन्न नाममा  (चर्च) हरू खडा भएका छन् । 

 २००७ सालभन्दा पूर्व क्रिश्चियन धर्म भनेको नेपालीहरूलाई थाहा पनि थिएन।तर त्यसपछिका विभिन्न अध्ययन र सर्वेक्षणले नेपालमा इसाई धर्मावलम्बीको सङ्ख्या बढिरहेको देखाएका छन् । हाल २५ लाखको हाराहारिमा  नेपाली अहिले इसाई धर्ममा आबद्ध छन् । 

अन्य मुलुकमा जस्तै अब नेपालमा पनि २५ डिसेम्बरका दिन नेपाली इसाई अनुयायीहरूले क्रिसमस डे मनाउने गरिन्छन्।क्रिसमससँग जोडेर आयोजना हुने विभिन्न कार्यक्रममा येसुले बाँडेको ज्ञान र उपदेशको चर्चा गरिनुका साथै शुभकामना र प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सुस्वास्थ्यको कामना गरिन्छ ।

क्रिस्चियन धर्मावलम्बीहरू बाक्लो बसोबास भएको स्थानमा क्रिसमस महोत्सवको आयोजना गर्ने, आफ्नो घर सफा राख्ने, सपिङ गर्ने, चर्च जाने र प्रार्थना गर्ने, केक काट्ने, साथी भाइसँग भेटघाट गरेर उपहार र शुभकामना साटासाट गर्ने, क्रिसमस ट्रीले चर्च घर र मल सजाउने, क्यारोल खेल्ने, सान्ता क्लाजबाट उपहार लिने, सार्वजनिक स्थलमा क्रिसमस सम्बन्धित  कार्यक्रम गर्ने, नाचगान गर्ने  क्रिसमस पर्वको मुख्य विशेषता हुन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव