

काठमाडौं, २५ चैत्र ।
गायक सञ्जीवकुमार पौडेलको शब्द, सङ्गीत र स्वरमा तयार भएको मार्मिक गीत ‘न दिन सके खुशी तिमीलाई’ सार्वजनिक भएको छ। गीतले प्रेममा चोट खाएका र आफैं पनि खुशी नपाएका मनहरुको अनुभूति उजागर गर्छ।
गीतमा देवेन्द्र नेवाको एरेञ्ज, प्रकाश मिश्रको मिक्सिङ तथा माष्टरिङ, र राजबाबु थापाको रेकर्डिङ रहेको छ।
भिडियो गायक पौडेलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा वादल घिमिरे, अस्मिता सुवेदी र गीता विष्टलाई फिचरिङ गरिएको छ।
भिडियोमा प्रकाश खड्का र टिमको छायांकन, मिलन विश्वकर्माको कलर संयोजन र लक्ष्मण चौहानको सम्पादन छ।
गीतजत्तिकै भावनात्मक र दृश्यात्मक रुपमा आकर्षक भिडियोले गीतको भाव थप जीवन्त बनाएको छ।
गीतले प्रेममा कुनै कारणले साथ दिन नसक्ने अवस्थाको पीडा, मायाले साँचिएको सम्बन्धको अधुरोपन, र दुःखको स्वीकृतिलाई अत्यन्तै संवेदनशील ढंगमा प्रस्तुत गरेको छ।
सञ्जीवकुमार पौडेलका अघिल्ला थुप्रै गीतहरू पनि श्रोतामाझ लोकप्रिय छन्, र यो गीतले पनि भावनात्मक गीत रुचाउने दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार
