emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पत्रकारिताको आडमा चरम गैरजिम्मेवारी

source e-Madhesh २०८१ चैत्र १३ गते , बुधबार
0
Shares
35
Views
पत्रकारिताको आडमा चरम गैरजिम्मेवारी

 

सप्तरीमा सिईई  परीक्षा मर्यादित रूपमा सम्पन्न भएपनि केही अल्पज्ञानी पत्रकारहरूद्वारा अनावश्यक बदनाम गर्ने प्रयास गरिएको छ। देशका कर्णधार विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्नु नागरिक अधिकारको उल्लङ्घन हो।
केही युवा पत्रकारहरुले कसैसंग पुर्वाग्रही राखी उनी विरुद्ध तथ्यहिन समाचार संपादन गर्नु भनेको पत्रकारिताको आडमा अराजकता, उच्चश्रृंखलता अपनाउदै सर्वसाधारणलाई भ्रमित पार्नु मात्र हुन सक्छ ।
झुठो समाचार प्रकाशन गरेर कसैको प्रतिष्ठा र भविष्य बिगार्ने प्रयास गम्भीर अपराध हो। यस्ता कार्य गर्नेहरूलाई सत्य तथ्य छानबिन गरी जनसमुदायसमक्ष ल्याउनु प्रशासनको दायित्व पनि हो।
पूर्ण रूपमा भ्रामक समाचार लेख्नेहरू पत्रकारिताको मूल मर्मविपरीत गई समुदाय तथा राष्ट्रका लागि घातक सावित हुन सक्छन्। पत्रकारिताको मूल उद्देश्य सत्यतथ्य उजागर गर्नु हो, झुठ फैलाएर व्यक्तिगत स्वार्थ सिद्ध गर्नु होइन।
निष्पक्ष पत्रकारिता समाजको मार्गदर्शन गर्ने माध्यम हो। यस्ता गैरजिम्मेवार पत्रकारहरूको छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार