emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

बोदे बर्साइनमा छैठो मेयर गोल्ड कप प्रतियोगिताको फाइनल

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
57
Views
बोदे बर्साइनमा छैठो मेयर गोल्ड कप प्रतियोगिताको फाइनल

उमेश कुमार यादव,
राजविराज, ०५ कार्तिक ।
सप्तरीको बोदे बरसाईन नगरपालिकामा आयोजित छैठो मेयर गोल्ड कप फुटबल प्रतियोगिता आइतबार फाइनल पुगी समापन गरिएको छ।
आयोजित प्रतियोगिताको फाइनल खेल समापन समारोहका प्रमुख अतिथी मधेश प्रदेश सभा सदस्य अनिरुद्ध कुमार सिंह, बिशिस्ट अतिथिद्वय बोदे बर्साइन नगरपालिकाका प्रमुख आतेश कुमार सिंह एवं उप प्रमुख रेणु साह र अतिथिहरूमा रामराजा प्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिस्ठानका अध्यक्ष डा .
पशुपति कुमार चौधरी लगायत विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो।
दर्शकहरूले भरिएको वरसाईन बजारको खेलमैदानमा झुम्का टिमले बिजय हासिल गरि प्रथम पुरुस्कार हासिल गर्न सफल भएका थिए भने दोस्रो विजेता कटारीका टिम रहेका थिए। पहिलो विजेता टिमलाई प्रमुख अतिथि प्रदेश सभा सदस्य अनिरुध प्रसाद सिंहद्वारा प्रदान गरिएको थियो भने दोस्रो पुरस्कार नगर प्रमुख आतेश कुमार सिंहद्वारा प्रदान गरिएको थियो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार