emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मबिव क्याम्पस राजबिराजमा १,२७२ मत खस्यो 

source e-Madhesh २०८१ चैत्र ५ गते , मंगलबार
0
Shares
29
Views
मबिव क्याम्पस राजबिराजमा १,२७२ मत खस्यो 


लिलाकान्त यादव,
राजबिराज, ०५ चैत्र ।
 त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन मबिव क्याम्पस राजबिराजमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। मंगलबार साँझ ४ बजे मतदान सकिँदा १,२७२ मत खसेको छ।
जसमा कुल मतदाताः २,७३१ जना थियो । 
स्ववियु निर्वाचन प्रमुख नन्दकिशोर यादवका अनुसार बिहान ८ बजेबाट सुरु भएको मतदान साँझ ४ बजे शान्तिपूर्वक सम्पन्न भएको हो। मतगणना आजै राति ८ः०० बजे बाट सुरू हुनेछ।
मबिव क्याम्पसको अध्यक्ष पदका लागि पाँच जना उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन्ःा जसमा रञ्जित कुमार यादव (समाजवादी विद्यार्थी युनियन), नितिश कुमार यादव (नेपाली विद्यार्थी संघ – नेविसंघ), मनिषा कुमारी साह (अनेरास्ववियु), त्रिवेणी कुमार यादव (विद्यार्थी जनमत संघ) र बिनय कुमार यादव (स्वतन्त्र) रहेका छन् ।
स्ववियु निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा निकाय, विद्यार्थी, अभिभावक तथा राजनीतिक दलहरूले संयमित भूमिका निर्वाह गरेको निर्वाचन प्रमुख यादवले जानकारी दिए।
अब सबैको ध्यान आज राति ८ बजेबाट सुरू हुने मतगणना मा केन्द्रित हुनेछ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार