emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

स्ववियु निर्वाचनको अध्यक्षमा ५ जनाको उम्मेदवारी कायम

source e-Madhesh २०८१ चैत्र १ गते , शुक्रबार
0
Shares
27
Views
स्ववियु निर्वाचनको अध्यक्षमा ५ जनाको उम्मेदवारी कायम


लिलाकान्त यादव,
राजविराज, ०१ चैत्र ।
 महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अन्तिम नामावली प्रकाशित भएको छ। निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी कायम भएको छ।
अध्यक्ष पदका उम्मेदवारहरूमा रञ्जित कुमार यादव (समाजवादी विद्यार्थी युनियन, नेपाल), नितिश कुमार यादव (नेपाली कांग्रेस निकट नेविसंघ), मनिषा कुमारी साह (नेकपा एमाले निकट अनेरास्ववियु),  त्रिवेणी कुमार यादव (जनमत पार्टी निकट विद्यार्थी जनमत संघ) र बिनय कुमार यादव (स्वतन्त्र उम्मेदवार) रहेका छन ।
समाजवादी विद्यार्थी युनियन, नेपालबाट आधिकारिक टिकट नपाएपछि बिनय कुमार यादवले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।
नेविसंघबाट आधिकारिक टिकट नपाएपछि ओमशंकर साहले उम्मेदवारी फिर्ता लिएका छन्।
अखिल (क्रान्तिकारी) का उम्मेदवार राकेश कुमार यादवले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
अन्य महत्वपूर्ण उम्मेदवारहरूमा सचिव पदमा मुकेश कुमार साह (समाजवादी विद्यार्थी युनियन, नेपाल), अजय यादव (अनेरास्ववियु), सुमन कुमार मण्डल (विद्यार्थी जनमत संघ) र प्रकाश कुमार यादव (लोकतान्त्रिक विद्यार्थी संघ) रहेका छन ।
यसरीनै कोषाध्यक्ष पदका लागि मोहम्मद अबुजर आलम (अनेरास्ववियु), शालिनी कुमारी ठाकुर (नेविसंघ), सञ्जीव कुमार यादव (विद्यार्थी जनमत संघ) र कञ्चन कुमारी ठाकुर (अखिल क्रान्तिकारी) रहेका छन ।
त्यसैगरी सदस्य पदका लागि समाजवादी विद्यार्थी युनियन, नेपालः सीता कुमारी मण्डल, भुपेन कुमार राय, पूजा कुमारी गुप्ता, सरस्वती मण्डल
अनेरास्ववियुः राहुल देव मण्डल, असनी पासवान, मनिता कुमारी यादव, प्रियंका चौधरी, सुनिल दास विद्यार्थी जनमत संघः सतिश कुमार राम, रञ्जना कुमारी ठाकुर, संगिता कुमारी सदा लोकतान्त्रिक विद्यार्थी संघः ध्रुव कुमार साह, दीप नारायण यादव, राजु मण्डल अखिल (क्रान्तिकारी)ः जयकृष्ण कुमार यादव, नरेश रजक, राजा बाबू झा स्वतन्त्र सदस्यः प्रमानन्द यादव, प्रियंका कुमारी दास, पुष्पा कुमारी साह रहेका छन ।
मतपत्र नम्बर निर्धारण प्रक्रियामा स्ववियु निर्वाचन ०८१ को निर्देशिका अनुसार मतपत्रको क्रम संख्या गोला प्रथाद्वारा निर्धारण गरिएको छ।
जसमा विद्यार्थी जनमत संघः त्रिवेणी कुमार यादव, अनेरास्ववियुः मनिषा कुमारी साह, नेविसंघः नितिश कुमार यादव, समाजवादी विद्यार्थी युनियन, नेपालः रञ्जित कुमार यादव र स्वतन्त्र उम्मेदवारः बिनय कुमार यादव रहेका छन ।
निर्वाचन समितिका प्रमुख नन्दकिशोर यादवका अनुसार चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार