emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पहाडी जिल्लाहरुमा उल्लासमय होली उत्सव

source e-Madhesh २०८१ फाल्गुन २९ गते , बिहीबार
0
Shares
48
Views
पहाडी जिल्लाहरुमा उल्लासमय होली उत्सव

 

 नेपालभर हर्षोल्लासका साथ मनाइने फागु पूर्णिमा (होली) आज पहाडी जिल्लाहरूमा उल्लासपूर्वक मनाइँदै छ। रङ, उमंग, उत्साह, सांस्कृतिक सद्भाव र मित्रताको प्रतीक यो पर्वलाई तराईमा भने भोलि मनाइने छ।
होली पर्वको ऐतिहासिक र पौराणिक पृष्ठभूमि होलीको सुरुवात काठमाडौँको वसन्तपुरबाट वसन्तपुर दरबार क्षेत्रमा फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याइएपछि होली पर्वको औपचारिक सुरुवात हुन्छ।
 अष्टमीदेखि पूर्णिमासम्म विभिन्न क्षेत्रहरूमा होलीको रौनक रहन्छ।  टुँडिखेलमा चीर दहन गरी होलीको समापन गरिन्छ।
पौराणिक कथाअनुसारः भगवान् विष्णुभक्त प्रह्लादलाई जिउँदै जलाउन खोज्दा होलिका नै आगोमा भष्म भएको सम्झनामा यो पर्व मनाइन्छ।
 श्रीकृष्ण र राधाका प्रेम र रमाइलो क्षणहरूसँग पनि होलीलाई जोडिन्छ।
 राक्षसी पुतनाको बध गरेपछि गोपालवासीहरूले उत्सव मनाएको उल्लेख गरिन्छ।
होलीको सामाजिक र सांस्कृतिक महत्व अनुसार  भ्रातृत्व, सद्भाव र मित्रताको पर्व, सम्पूर्ण नेपाली समुदाय एकताबद्ध हुने अवसर,  रङ, अबिर र संगीतले आत्मीयता बढाउने चाड र  विभिन्न परिकारको स्वाद, विशेषगरी मालपुवा, तरुवा र भाङ मिश्रित पेय पदार्थहरूको विशेष महत्त्व छ ।
 बालबालिकाले पिचकारी र बेलुनमार्फत पानी तथा रङ छ्याप्छन्।  वयस्कहरू रङ्गीचङ्गी अबिर लगाएर एकआपसमा शुभकामना साट्छन्।  “जोगीरा सररर...“ जस्ता परम्परागत गीत गाइन्छ। लोला प्रहार, फोहर पानी छ्याप्ने जस्ता हर्कत न्यून गर्नुको साथै महिला तथा कमजोर वर्गलाई जबरजस्ती रङ नलगाऔं। सुरक्षित, स्वच्छ र मर्यादित तरिकाले होली खेलौं।
 नेपालभरका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा फागु पूर्णिमा (होली) को शुभकामना! 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार