emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

स्ववियु निर्वाचनका लागि समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल क्रान्तिकारीबीच गठबन्धन

source e-Madhesh २०८१ फाल्गुन २७ गते , मंगलबार
0
Shares
39
Views
स्ववियु निर्वाचनका लागि समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल क्रान्तिकारीबीच गठबन्धन

शम्भु कुमार यादव,
राजविराज, २७ फाल्गुन ।
 सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल क्रान्तिकारीबीच संयुक्त विद्यार्थी गठबन्धन गठन भएको छ।
मंगलबार (फागुन २६) दुबै संगठनका इकाई समितिका अध्यक्षहरूको उपस्थितिमा गठबन्धनका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ।
संयुक्त विद्यार्थी गठबन्धनका उम्मेदवारहरूमा अध्यक्ष रञ्जित कुमार यादव (समाजवादी विद्यार्थी युनियन नेपाल), उपाध्यक्ष मुकेश कुमार शाह (अखिल क्रान्तिकारी), सचिव सुनिल कुमार मण्डल (समाजवादी विद्यार्थी युनियन नेपाल) र  कोषाध्यक्षः कञ्चन कुमारी ठाकुर (अखिल क्रान्तिकारी) रहेका छन् ।
यसरीनै सदस्यहरूमा सीता कुमारी मण्डल (समाजवादी विद्यार्थी युनियन नेपाल), पूजा कुमारी गुप्ता (समाजवादी विद्यार्थी युनियन नेपाल), सरस्वती मण्डल (समाजवादी विद्यार्थी युनियन नेपाल), सुपेन कुमार राई (समाजवादी विद्यार्थी युनियन नेपाल), कृष्णा यादव (अखिल क्रान्तिकारी), राहुल कुमार राम (अखिल क्रान्तिकारी), जयकृष्ण कुमार यादव (अखिल क्रान्तिकारी), अनिल कुमार यादव (अखिल क्रान्तिकारी) र बसन्त कुमार यादव (अखिल क्रान्तिकारी) रहेका छन् ।
२०७९ सालको स्ववियु निर्वाचनमा पनि समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी र लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त गठबन्धनले प्यानलसहित विजय हासिल गरेको थियो। उक्त निर्वाचनमा रञ्जित कुमार यादव सभापतिमा निर्वाचित भएका थिए।
यस पटकको निर्वाचनमा पनि विद्यार्थीहरूको हकहित र क्याम्पसको विकासका लागि संयुक्त विद्यार्थी गठबन्धनले प्रतिबद्धता व्यक्त गरेको छ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा सभापति पदका लागि ७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
उम्मेदवारहरूमा समाजवादी विद्यार्थी युनियन नेपालःका रञ्जित कुमार यादव र  विनय कुमार यादव, नेपाल विद्यार्थी संघबाट नितिश कुमार यादव र ओमशंकर साह, अनेरास्ववियुबाट मनिषा कुमारी साह, विद्यार्थी जनमत संघबाट त्रिवेणी कुमार यादव र  अखिल क्रान्तिकारीबाट राकेश कुमार यादवले मनोयनयन दर्ता गराएका छन् ।
स्ववियु निर्वाचनमा अध्यक्षसहित १० पदमा प्रत्यक्ष र ९ पदमा समानुपातिक निर्वाचन हुने निर्वाचन प्रमुख नन्दकिशोर यादवले जानकारी दिएका छन्।
चैत्र ५ मा हुने निर्वाचन विद्यार्थी राजनीतिमा महत्त्वपूर्ण बन्ने अपेक्षा गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार