emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

प्रेस चौतारी नेपाल मधेस प्रदेश समितिको नयाँ कार्यसमिति चयन

source e-Madhesh २०८१ फाल्गुन २७ गते , मंगलबार
0
Shares
40
Views
प्रेस चौतारी नेपाल मधेस प्रदेश समितिको नयाँ कार्यसमिति चयन


ईमधेश न्युज सम्वाददाता,
विरगंज, २७ फाल्गुन ।
 वीरगन्जका वरिष्ठ पत्रकार लालबाबु शेख को नेतृत्वमा प्रेस चौतारी नेपाल मधेस प्रदेश समितिको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। सोमबार रौतहटको चन्द्रपुरमा सम्पन्न दोस्रो अधिवेशन ले शेखको अध्यक्षतामा ३१ सदस्यीय प्रदेश समिति चयन गरेको हो।
शेख हाल प्रेस काउन्सिल नेपालका सदस्य समेत रहेका छन्।
नयाँ कार्यसमितिमा  अध्यक्ष  लालबाबु शेख, उपाध्यक्ष  गौतम श्रेष्ठ, महिला उपाध्यक्ष  भवानी सुवेदी, महासचिव दिवाकर भण्डारी र कोषाध्यक्ष  जितेन्द्र शाह रहेका छन् ।
यसरी नै सचिवहरू ग्यासु मिया देवान, जीवनारायण झा, अनिरुद्र ठाकुर, राकेश यादव, धनवीर महतो र  श्याम कुशवाहा छन् ।
त्यसैगरी सदस्यहरूमा पिन्टू यादव, गणेश प्रसाद खरेल, अमृता सिंह शेखर छर्तेकुली, कन्हैया गुप्ता, सफल खतिवडा, देवेन्द्र यादव, राधेश्याम पटेल, ललनकुमार साह, युवराज खडका, आशिक अंसारी, सुरेश प्रसाद आचाय, संगिता शिवाकोटी, भोला यादव, धर्मेन्द्र चौरसिया, गौरी न्यौपाने, विना राउत र शम्भु प्रसाद महतो रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पद तथा गोपनीयताको सपथ गराएका थिए।
यसअघि अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार