emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

देउवाले २०४७ सालको संविधान फर्काउने संकेतः नेता यादव

source e-Madhesh २०८१ फाल्गुन २७ गते , मंगलबार
0
Shares
29
Views
देउवाले २०४७ सालको संविधान फर्काउने संकेतः नेता यादव


ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २६ फाल्गुन ।
 जनता समाजवादी पार्टी (जसपा) नेपालका सूचना तथा सञ्चार प्रमुख इन्जिनियर जितेन्द्र यादव ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अभिव्यक्ति २०४७ सालको संविधान पुनस्र्थापनाको संकेत रहेको बताएका छन्।
यादवले आफ्नो फेसबुक स्टेटसमार्फत देउवाको अभिव्यक्तिले संविधानको समानुपातिक समावेशी सिद्धान्तलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको संकेत देखिएको उल्लेख गरेका छन्। उनले कांग्रेस र कम्युनिष्टहरू समानुपातिक प्रतिनिधित्वको विरोध गर्नु गलत भएको टिप्पणी गरे।
यादवका अनुसार, संविधानका निर्माताहरू नै संविधानविरोधी षड्यन्त्रमा लाग्नु गैरराजनीतिक चरित्रको विकास गर्नु हो। उनले संविधान संशोधनको बहानामा राजा र दुर्गा प्रसाईंलाई प्रयोग गरी हिन्दू धर्मको नाममा वर्तमान व्यवस्थालाई समाप्त पार्ने रणनीति अपनाइएको आरोप लगाए।
उनले मधेशी जनता र नेपाली नागरिकलाई सचेत रहन आग्रह गर्दै आफूहरूले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, र निर्दलीय स्थानीय सरकार गठनको पक्षमा संविधान संशोधन चाहेको प्रस्ट पारे।
उनले उठाएका प्रमुख मागहरूमा  संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर, भ्रष्ट शासकहरू होसियार रहोस्, हत्या–हिंसा बन्द गर, दुईदलीय सिन्डिकेट अन्त्य गर, महँगी नियन्त्रण प्रभावकारी बनाउ, शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा कार्यान्वयन गर, व्यापार र व्यवसायलाई व्यवस्थित गर र सुलभ बैंक ऋण उपलब्ध गराउ भनेका छन् ।
संविधान संशोधनको बहस चलिरहेकै समयमा यादवको अभिव्यक्तिले राजनीतिक रूपमा नयाँ तरंग उत्पन्न गर्ने देखिन्छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार