ई-मधेश न्युज
प्रहरी सहायक निरीक्षकको असामयिक निधन
ईमधेश न्युज सम्वाददाता,
सिरहा, २७ फाल्गुन ।
प्रहरी सहायक निरीक्षक (ब्क्क्ष्) बिरेन्द्र कुमार यादवको उपचारका क्रममा निधन भएको छ।
सिरहा नगरपालिका–२५, सुखचैना स्थायी निवासी यादव हाल प्रहरी चौकी कल्याणपुर, चितवनमा दरबन्दी भई मधेश प्रदेश प्रहरी गण, जनकपुरधाम, धनुषामा कार्यरत थिए। उनी हाल माननीय गृह, संचार तथा कानून मन्त्रीको PSO (व्यक्तिगत सुरक्षा अधिकारी) का रूपमा खटिएका थिए।
फागुन २५ गते राति करिब ११ः०० बजे अचानक पेट र छातीको बीचमा असह्य दुखाइ भएपछि उनलाई जनकपुरस्थित स्थानीय अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालको ICU मा भर्ना गरिए पनि फागुन २७ गते राति १२ः०० बजे चिकित्सकले उनलाई मृत घोषित गरे।
मृत्युको कारणबारे थप विवरण आउन बाँकी रहेको छ भने घटनासम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता एवं सूचना अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक (क्क्ए) शान्तिराज कोईरालाले जानकारी दिएका छन्।