emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राजबिराजमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

source e-Madhesh २०८१ फाल्गुन २७ गते , मंगलबार
0
Shares
33
Views
राजबिराजमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

 

आर.एन.मेहता,
राजविराज, २७ फाल्गुन । 
 सप्तरीको राजबिराज नगरपालिका–११, झल्ही नहर नजिक गएराति ६ः०० बजे मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।
मधेश प्रदेश ०६–००१ प २६२८ नम्बरको मोटरसाइकल राजबिराजबाट सियोंनतर्फ जाँदै गर्दा ओभर स्पिडका कारण अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा परी राजबिराज नगरपालिका–१२ निवासी २२ वर्षीय घनश्याम यादव गम्भीर घाइते भएका थिए।
घटनालगत्तै उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल, राजबिराज ल्याइएको थियो। तर, शारीरिक अवस्था जटिल भएपछि थप उपचारका लागि न्युरो अस्पताल, विराटनगर पठाइएको थियो, जहाँ राति ९ः२५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
दुर्घटनापछि अप्र.पोष्ट तितरीगाछी, सप्तरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो। हाल दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार