emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रोयल सेकन्ड्री स्कूलमा होली विशेष साँस्कृतिक कार्यक्रम 

source e-Madhesh २०८१ फाल्गुन २६ गते , सोमबार
0
Shares
50
Views
रोयल सेकन्ड्री स्कूलमा होली विशेष साँस्कृतिक कार्यक्रम 

 

लिलाकान्त यादव,
राजविराज, २६ फाल्गुन ।
 रोयल सेकन्ड्री स्कूल, हनुमाननगर कंकालिनी–३, पोर्ताहामा होली पर्वको अवसरमा विशेष साँस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका प्रिन्सिपल देवनाथ यादवको नेतृत्वमा आयोजित कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको मंच संचालन प्रविन मंडलले गरेका थिए। मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश कुमार यादव कार्यक्रमका प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथि पुर्व प्र.अ. तथा समाजसेवी जयसुन्दर खिडहरी यादवको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रह्यो। विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा विविध प्रस्तुतिमार्फत नेपाली कला र संस्कृतिलाई उजागर गरेका थिए।
प्रमुख अतिथि दिनेश कुमार यादवले विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति प्रशंसनीय रहेको बताउँदै होली जस्तो सांस्कृतिक पर्वले समाजमा आपसी सद्भाव, मेलमिलाप र एकताको सन्देश दिन्छ भन्ने कुरामा जोड दिनुभयो। विद्यालयका प्रिन्सिपल देवनाथ यादवले विद्यार्थीहरूलाई अध्ययनसँगै संस्कृतिमा पनि अगाडि बढ्न प्रेरित गर्दै यस्ता कार्यक्रमले आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति र होली पर्वको रंगीन माहोलले कार्यक्रमलाई थप उल्लासमय बनाएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार