emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

परिक्रमाका यात्रुहरूका लागि हेल्पडेस्क अति सहयोगी

source e-Madhesh २०८१ फाल्गुन २५ गते , आइतबार
0
Shares
40
Views
परिक्रमाका यात्रुहरूका लागि हेल्पडेस्क अति सहयोगी

लिलाकान्त यादव,
धनुषाधाम, २५ फाल्गुन । 
नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालद्वारा आयोजित हेल्पडेस्क श्रद्धालु भक्तजन, साधु–सन्त तथा यात्रुहरूका लागि अत्यन्त लाभदायक बनेको छ।
मिथिला मध्यमा परिक्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण परम्परा हो, जसले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने कार्य गर्दै आएको छ।
कार्यक्रम संयोजक दीपक यादवका अनुसार, धनुषाधाममा शिवजीको धनुषको अवशेष रहेको धार्मिक मान्यता भएकाले परिक्रमा मार्गमा यात्रुहरूलाई सेवा प्रदान गर्न हेल्पडेस्क सञ्चालन गरिएको हो।
 यात्रुहरूका लागि स्वास्थ्य जाँच, औषधि वितरण, परामर्श तथा अन्य आवश्यक सहायता गरिएको छ ।
नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीव झाका अनुसार, खुला सीमाले श्रद्धालुहरूलाई सहज बनाउनुका साथै धार्मिक आदान–प्रदानमा टेवा पु¥याएको छ।
क्लोथ बैंक नेपालका बाल अभियानी आदित्य झाका अनुसार,
“सयौं साधु–सन्त तथा यात्रीहरूले हेल्पडेस्कको सेवा लिएका छन्।“
कार्यक्रममा सहसंयोजक रुबी झा, शिक्षक रञ्जित झा, धनेश्वर ठाकुर, सोनी झा, दीपेन्द्र पासवान लगायतको सक्रिय सहभागिता रहेको थियो।
धार्मिक यात्रुहरूको सुविधाका लागि हेल्पडेस्क निरन्तर जारी रहने आयोजकहरूले जनाएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार