emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा आगलागी: लाखौंको क्षति, चौपायाको मृत्यु

source e-Madhesh २०८१ फाल्गुन २५ गते , आइतबार
0
Shares
35
Views
सप्तरीमा आगलागी: लाखौंको क्षति, चौपायाको मृत्यु


उमेश कुमार यादव,
राजविराज, २५ फाल्गुन ।
 सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुर टोलमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको छ।
वडा अध्यक्ष सत्रुधन मण्डलको जस्ताले छाएको फुसको घरमा अचानक आगो लाग्दा नजिकै रहेको गोठमा पनि फैलिएर पूर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
आगो नियन्त्रणमा, मानवीय क्षति भएको छैन र क्षतिको अनुमानित मूल्य ः रु. ८ लाख ७८ हजार भएको थियो । आगो नियन्त्रण राति ८ः४५ बजे (स्थानीय र प्रहरीको सहयोगमा) भएको थियो ।
जसमा चौपाया क्षति भैंसी – १, पाडी – १, बाख्रा – ७ र खसी – २ थान जलेर मृत्यु भएको थियो ।
आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार