emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

१४औं आनन्द स्मृति दिवस सम्पन्न

source e-Madhesh २०८१ फाल्गुन २४ गते , शनिबार
0
Shares
46
Views
१४औं आनन्द स्मृति दिवस सम्पन्न

मधेश न्यूज सम्वाददाता, राजविराज, २४ फाल्गुन । १४औं आनन्द स्मृति दिवस माँ भगवती एकेडेमी, रूपनीमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्षता वि.व्य.स. अध्यक्ष तथा पूर्व रूपनी गा.पा. अध्यक्ष हरेराम यादवले गरेका थिए। प्रमुख अतिथिका रूपमा मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश कुमार यादव तथा विशिष्ट अतिथिका रूपमा नेपाल प्याबसनका केन्द्रीय महासचिव शम्भु कुमार यादव सहभागी थिए। विद्यालयका संस्थापक निर्मला यादव, शिक्षकशिक्षिका, विद्यार्थी, अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। विशिष्ट अतिथि महासचिव शम्भु यादवले स्व. आनन्द यादवको योगदानको सम्झना गर्दै विद्यालयको उन्नति र गुणस्तरीय शिक्षामा शिक्षकशिक्षिकाको भूमिका महत्त्वपूर्ण रहेको बताए।

 प्रमुख अतिथि दिनेश कुमार यादवले आनन्द यादवको दृढ संकल्प, त्याग र दूरदृष्टिको चर्चा गर्दै विद्यालयको स्थापना मात्र नभई विद्यार्थीको उज्जवल भविष्य निर्माणमा उनको महत्त्वपूर्ण योगदान रहेको स्मरण गराए। साथै, विद्यालयलाई कानूनी रूपमा स्थापना गर्न नेपाल प्याबसनको ठुलो योगदान रहेको उनले बताए। विद्यालयका वि.व्य.स. अध्यक्ष हरेराम यादवले विद्यालयको निरन्तर प्रगतिको लागि आफू प्रतिबद्ध रहेको भन्दै आगामी दिनमा हर सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । १४औं आनन्द स्मृति दिवस शिक्षा र योगदानको महत्वपूर्ण प्रेरणा बनेर सम्पन्न भएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार