emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मन्त्री सुडीः ‘महिलाको सम्मान नहुने घर नर्क सरह’

source e-Madhesh २०८१ फाल्गुन २४ गते , शनिबार
0
Shares
47
Views
मन्त्री सुडीः ‘महिलाको सम्मान नहुने घर नर्क सरह’


लिलाकान्त यादव,
काठमाडौं, २४ फाल्गुन ।
 महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घरलाई ‘नर्क’ सरह भएको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहमा सम्बोधन गर्दै उनले भने,
“जुन घरमा महिलाको सम्मान छैन, त्यो घर नर्क हो। त्यहाँ श्रीसम्पत्ति र सुख–शान्ति बस्न सक्दैन।“
उनले महिलामाथि हुने विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै थपे,
“हाम्रो छोरी रानी, अरूको छोरी नोकरानी भन्ने सोच हटाउनुपर्छ। यदि तपाईं आफ्नो घरमा श्री देख्न चाहनुहुन्छ भने अरूको छोरीलाई पनि सम्मान गर्नुपर्छ।“
मन्त्री सुडीले महिला सशक्तिकरणको आन्दोलन अझै नसकिएको उल्लेख गर्दै,
“पुरुष र महिलाबीच कानुनी रूपमा विभेद हटिसकेको छ, तर व्यवहारिक रूपमा अझै धेरै सुधार गर्न बाँकी छ,“ भने।
उनले महिलाहरूलाई पुरुषसरह समान अधिकार दिलाउन सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै सबै पक्ष एकजुट भएर महिला सशक्तिकरणका लागि काम गर्नुपर्ने आवश्यकता औंल्याए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार