emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

इकाई प्रमुख यादव द्वारा विद्यालयहरुको अनुगमन 

source e-Madhesh २०८१ फाल्गुन २४ गते , शनिबार
0
Shares
36
Views
इकाई प्रमुख यादव द्वारा विद्यालयहरुको अनुगमन 

 

उमेश कुमार यादव,
राजविराज, २४ फाल्गुन ।
 शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख शशि कुमार यादव र शाखा अधिकृत कमलनाथ यादव ले शुक्रबार श्री चन्द्रा नमुना मा.वि. बोदेबर्साइन र श्री चुन्नी मा.वि. मानराजा विद्यालयको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा प्रमुख यादवले परीक्षा प्रणाली सुधार, शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाहरूको गम्भीर ध्यान आवश्यक रहेको बताए। साथै, विद्यार्थीको नियमित उपस्थितिलाई प्रोत्साहन गर्न विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकहरूको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे।
उनले परीक्षा प्रणाली सुधारहरुमा विद्यार्थी मूल्यांकनको पारदर्शिता र विश्वसनीयता बढाउन आवश्यक, नक्कलमुक्त परीक्षा प्रणाली लागू गर्नुपर्ने र
परीक्षालाई सीपमूलक शिक्षा प्रणालीसँग जोड्न जरुरी छ ।
विद्यार्थीको उपस्थितिमा ध्यान दिनुपर्नेमा नियमित विद्यालय नआउने समस्या समाधान गर्न शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) को सहकार्य आवश्यक रहेको, विद्यार्थी अनुपस्थितिको कारण पहिचान गरी समाधान खोज्नुपर्ने, विद्यालयमा आकर्षक शैक्षिक कार्यक्रमहरू संचालन गरिनु पर्ने । विद्यार्थीलाई कुलत र कुसंगतिबाट टाढा राख्नुपर्ने, किशोर÷किशोरीहरूलाई नशालु पदार्थ, गलत संगत र विकृति–विसंगतिबाट जोगाउन अभिभावक सचेत हुनुपर्ने, विद्यालय स्तरमा सचेतना कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरूलाई सही मार्गदर्शन दिनुपर्ने,  विद्यार्थीको सामाजिक तथा मानसिक विकासलाई ध्यानमा राख्दै सकारात्मक वातावरण निर्माण गर्नुपर्ने र समममै विद्यालयमा उपस्थित हुनु पने बताए ।
अनुगमनको क्रममा शिक्षा क्षेत्रका चुनौतीहरूमाथि विशेष छलफल भएको थियो। इकाई प्रमुख यादवले विद्यालय प्रशासन, शिक्षक, अभिभावक, विद्यार्थी सबै मिलेर शिक्षाको गुणस्तर सुधार गर्न प्रतिबद्ध हुनुपर्ने बताए। विद्यालयहरूको शैक्षिक उपलब्धि सुधार्न निरन्तर अनुगमन गरिने जानकारी दिइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार