emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मिथिला मध्यमा परिक्रमा ः नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्ध थप मजबुत

source e-Madhesh २०८१ फाल्गुन २३ गते , शुक्रबार
0
Shares
45
Views
मिथिला मध्यमा परिक्रमा ः नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्ध थप मजबुत

 

लिलाकान्त यादव,
महोत्तरी, २३ फाल्गुन ।
 नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपाल को संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाका श्रद्धालुहरूका लागि हेल्पडेस्क सञ्चालन गरिएको छ। परम्परागत रूपमा हरेक वर्ष आयोजना हुने यस धार्मिक यात्राले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै धार्मिक पर्यटन प्रवद्र्धन गर्न मद्दत गरेको छ।
महोत्तरी जिल्लाको अन्तिम वास कंचनवन मा सञ्चालन गरिएको हेल्पडेस्कबाट श्रद्धालु भक्तजन, साधु–सन्त तथा यात्रुहरूलाई स्वास्थ्य जाँच, औषधि वितरण, तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइएको छ। नेपाल–भारत खुला सीमा को कारण धार्मिक यात्रुहरू सहज रूपमा प्रवेश गरी परिक्रमा गर्न पाएका छन्, जसले स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाएको नेपाल–भारत खुला सीमा संवाद समूहका उपाध्यक्ष शिवशंकर साह हिरा ले बताए।
कार्यक्रम संयोजक दिपक यादव का अनुसार नेपाल–भारतबीचको सांस्कृतिक सम्पर्कको प्रतीक रहेको यस परिक्रमा यात्राले धार्मिक पर्यटक आकर्षित गर्दै नेपालको धार्मिक पर्यटनलाई प्रवद्र्धन गरिरहेको छ।
कार्यक्रम सह–संयोजक रुबि झा ले गुमसुदा व्यक्तिहरूको खोजीका लागि एलाउन्स प्रणाली सञ्चालन, साथै होली महोत्सव भव्य रूपमा मनाइएको जानकारी दिइन्।
कार्यक्रममा पत्रकार एवं शिक्षक दिपेन्द्र सिंह, कार्यालय सचिव कृष्ण कुमार साह, सामाजसेवी रुपेश यादव, धनेश्वर ठाकुर, कमला बचाउ अभियानी बिक्रम यादव, बिपिन ठाकुर लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
सहयोगी कार्यक्रमहरूकै कारण धार्मिक पर्यटन प्रवद्र्धन हुँदै नेपाललाई धार्मिक यात्राको गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुगेको विश्वास गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार