emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति द्वारा ग्याल्पो ल्होसार २१५२ को  शुभकामना

source e-Madhesh २०८१ फाल्गुन १५ गते , बिहीबार
0
Shares
41
Views
उपराष्ट्रपति द्वारा ग्याल्पो ल्होसार २१५२ को  शुभकामना


ईमधेश न्यूज सम्वाददाता,
काठमांडौ, १५ फाल्गुन ।
शेर्पा समुदायको महान पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसारको पावन अवसरमा देश–विदेशमा रहनु भएका सम्पूर्ण शेर्पा दिदीबहिनी तथा दाजुभाइहरू सहित सबै नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु।
नव आशा, उमंग र उल्लासको प्रतीकका रूपमा रहेको यो पर्वले सिङ्गो समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना बलियो बनाउन मद्दत गर्दछ। पारिवारिक मेलमिलाप, मित्रता, र सामूहिक सहकार्यको सन्देश बोकेको यो पर्वले सांस्कृतिक विविधताको जगेर्ना गर्दै राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने विश्वास लिएको छु।
नेपालका हिमाली क्षेत्रका शेर्पा, तिब्बती, योल्मो लगायतका समुदायहरूले विशेष रूपमा मनाउने यस पर्वमा पछिल्लो समय अन्य समुदायको पनि उल्लेखनीय सहभागिता रहँदै आएको छ। यस पर्वका अवसरमा गुम्बा दर्शन, धर्मगुरुहरूबाट आशीर्वाद लिने, विशेष परिकारहरूको स्वाद लिने तथा परम्परागत स्याब्रु नृत्य प्रस्तुत गर्ने परम्परा रहिआएको छ।
ग्याल्पो ल्होसार केवल धार्मिक वा सांस्कृतिक पर्व मात्र नभई आपसी एकता, मेलमिलाप, सहिष्णुता र समृद्धिको प्रतीक पनि हो। यस पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सम्मान र सहकार्यलाई अझ सुदृढ बनाओस् भन्ने कामना गर्दछु।
ग्याल्पो ल्होसार २१५२ को अवसरमा पुनः सबैलाई शुभकामना! यो भन्दा अलि वढी समाचार

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार