emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मन्त्री साहले भने महिलाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध

source e-Madhesh २०८१ फाल्गुन १५ गते , बिहीबार
0
Shares
30
Views
मन्त्री साहले भने महिलाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध

 
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १५ फाल्गुन ।
 महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको अधिकार सुनिश्चित गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल सरकारले हालै महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (CEDAW  – सिड) मा आफ्नो प्रतिवेदन बुझाएको उल्लेख गर्दै मन्त्री सुडीले अब समितिले दिएका सुझाव कार्यान्वयन गर्दै सुधारका लागि पहल गरिने बताए।
महिला, कानुन र विकास मञ्चद्वारा बिहीबार आयोजित छलफल कार्यक्रममा मन्त्री सुडीले लैङ्गिक समानताको यात्रामा भएका प्रगति र चुनौती दुवैलाई प्रतिवेदनमा समेटिएको बताए।
मन्त्री सुडीले महिला हिंसा उन्मूलन गर्न कानुनी तथा नीतिगत संरचना बलियो बनाइँदै लगिएको उल्लेख गर्दै भने,
“सरकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू कार्यान्वयनका लागि सधैँ तत्पर र जवाफदेही छ। सिड महासन्धिको पूर्ण कार्यान्वयन गर्न मन्त्रालय क्रियाशील छ।“
मन्त्री सुडीले सरकार र गैरसरकारी संस्थाहरूले सहकार्य गरेर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै महिला अधिकार सुनिश्चित गर्न दुवै पक्षले हातेमालो गर्नु आवश्यक रहेको बताए।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला, आदिवासी, जनजाति तथा उत्पीडित समुदायको हक व्यवहारिक रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिइन्।
त्यस्तै, दलित महिला संघकी संस्थापक अध्यक्ष दुर्गा सोवले नेपालले प्रस्तुत गरेको सिड प्रतिवेदनले देशको वर्तमान अवस्था उजागर गरेको भन्दै, यसलाई थप सुधार गर्न सबैको सहकार्य आवश्यक रहेको बताइन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार