emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो

source e-Madhesh २०८१ फाल्गुन १४ गते , बुधबार
0
Shares
53
Views
सप्तरीका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो


लिलाकान्त यादव,
राजविराज, १४ फाल्गुन ।
 महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिवालय तथा मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। भगवान् शिवको पूजाआजा, भजन–कीर्तन तथा उपवास बसेमा मनोकामना पूरा हुने जनविश्वासका साथ भक्तजनहरू बिहानैदेखि शिवालयमा लामबद्ध भएका छन्।
सप्तरीको शम्भुनाथ महादेवसहित विभिन्न शिवालयमा हिन्दू धर्मावलम्बीहरू पूजापाठका लागि उपस्थित भएका छन्। बिहान ४ बजेदेखि नै महिला, पुरुष, बालबालिका र वृद्धवृद्धा फूलमाला, बेलपत्र, धतुरो, मिठाई तथा फलफूल लिएर भगवान् शिवको पूजा गर्न जुटेका छन्।
सप्तरीकै महादेवा गाउँपालिकास्थित शिव मन्दिर, हनुमानगर कङ्कालनी नगरपालिका–२ सकरदही महादेव मन्दिर, कञ्चनरुप नगरपालिकाको बलुवा शिव मन्दिर, बोदे बरसाइन नगरपालिका–५ हरिशङ्कर महादेव मन्दिरमा पनि भक्तजनहरूको ठूलो उपस्थिति देखिएको छ।
शिवरात्रिका अवसरमा विशेष पूजा, भजन–कीर्तन, प्रवचन तथा धार्मिक कार्यक्रमहरू पनि आयोजना भएका छन्। यसले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न थप योगदान पुग्ने विश्वास गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार