emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादवद्वारा महाशिवरात्रि र सेना दिवसको अवसरमा शुभकामना

source e-Madhesh २०८१ फाल्गुन १३ गते , मंगलबार
0
Shares
39
Views
उपराष्ट्रपति यादवद्वारा महाशिवरात्रि र सेना दिवसको अवसरमा शुभकामना


लिलाकान्त यादव,
काठमाडौं, १३ फाल्गुन ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महाशिवरात्रि तथा सेना दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले महाशिवरात्रिको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व उल्लेख गर्दै यस पर्वले समाजमा मेलमिलाप, नैतिकता, सत्य र धर्मको मार्गमा लाग्न प्रेरित गर्ने बताउनुभयो। यस अवसरमा गरिने पूजा, उपवास, ध्यान र शिव उपासना मानव जीवनमा आध्यात्मिक उन्नति तथा शारीरिक–मानसिक स्वास्थ्य सुधारका लागि उपयोगी हुने उहाँको भनाइ छ।
उपराष्ट्रपतिले महाशिवरात्रिका अवसरमा देशभरका शिव मन्दिरहरूमा लाग्ने मेलाले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउँदै, यस पर्वलाई सामाजिक सद्भाव र आपसी एकताको प्रतीकका रूपमा मनाउन आग्रह गर्नुभयो।
त्यस्तै, सेना दिवसका अवसरमा प्रधानसेनापति सहित नेपाली सेनाका सम्पूर्ण पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै उपराष्ट्रपतिले राष्ट्र सुरक्षामा सेनाले निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्नुभयो। नेपाली सेनाले बाह्य सुरक्षासँगै प्राकृतिक विपद्को समयमा देश र समाजको सेवामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको स्मरण गर्दै, सेनाको आधुनिकीकरण, दक्षता अभिवृद्धि तथा प्रविधिको प्रयोग आवश्यक रहेको उहाँले बताउनुभयो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार