emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा शिक्षक महासंघको आन्दोलन परिचालन समिति गठन, संघर्षका कार्यक्रम अघि बढाउने निर्णय

source e-Madhesh २०८१ फाल्गुन १२ गते , सोमबार
0
Shares
37
Views
सप्तरीमा शिक्षक महासंघको आन्दोलन परिचालन समिति गठन, संघर्षका कार्यक्रम अघि बढाउने निर्णय

लिलाकान्त यादव,
राजविराज, १२ फाल्गुन ।
 नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा सप्तरी जिल्लामा पनि आन्दोलन परिचालन समिति संयोजक  सुरेश कुमार यादवको नेतृत्वमा  श्री के. अ. मा. वि. राजविराजको प्राङ्गणमा शिक्षक महासंघसँग आबद्ध संस्थाका पदाधिकारी तथा नेतृत्व वर्गको उपस्थितिमा बैठक सम्पन्न भयो।
सम्पन्न कार्यक्रममा सुरेश कुमार यादव  संयोजक, वैजनाथ यादव  अध्यक्ष ने.रा.शि.सं.,राजदेव यादव  सचिव, ने.शि.सं.,उपेन्द्र कुमार यादव  अध्यक्ष संघीय फोरम, कौश्लेन्द्र कुमार यादव  प्रगतिशील, ने.रा.शि.सं., चुन चुन यादव  राष्ट्रिय शिक्षक मञ्च, किशोर साह  अध्यक्ष, अ.ने.रा. शिक्षक यु., योगेन्द्र प्रसाद मेहता  जनमत शिक्षक संघ, लक्ष्मीप्रसाद विश्वकर्मा  सचिव अ.ने.ए. संगठन लगायत उपस्थिती रहेका थिए ।
 प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा घोषित पहिलो चरणको आन्दोलनलाई पूर्ण समर्थन, खबरदारी जुलुस सफल बनाउन रणनीति निर्माण र  जनकपुरधाममा हुने विरोध कार्यक्रममा सप्तरी जिल्लाबाट महासंघसम्बद्ध सबै संस्थाहरूको सक्रिय सहभागिता रहने निर्णय गरेका थिए ।
शिक्षक महासंघको नेतृत्वमा प्रदेश र संघीय सरकारलाई दबाब दिने गरी आन्दोलनलाई सशक्त बनाउने निर्णय समेत गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार