emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्छ ः उपराष्ट्रपति यादव

source e-Madhesh २०८१ फाल्गुन १२ गते , सोमबार
0
Shares
27
Views
स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्छ ः उपराष्ट्रपति यादव

ईमधेश न्यूज सम्वाददाता,
परवानीपुर (बारा), १२ फाल्गुन ।
 सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले यसमा सबैको पहुँच सुनिश्चित गर्न सरकार तथा निजी क्षेत्रको थप सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभएको छ।
उहाँले मधेश प्रदेशको बारा जिल्ला परवानीपुर–४ स्थित रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सव समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै स्वास्थ्य सेवाको महत्व र अस्पतालको योगदानबारे प्रकाश पार्नुभयो।
उपराष्ट्रपति यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको उल्लेख गर्दै यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारले नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
उहाँले वीरगंजलाई इतिहास, संस्कृति, अर्थतन्त्र तथा उद्योगका दृष्टिले महत्वपूर्ण नगरी भन्दै यस क्षेत्रमा रहेको केडिया आँखा अस्पतालले लामो समयदेखि उच्चस्तरीय आँखा उपचार सेवा दिँदै आएको बताउनुभयो।
उपराष्ट्रपति यादवले अस्पतालका संस्थापक सुन्दरमल केडिया र उहाँको परिवारको योगदानको स्मरण गर्दै अस्पतालले आँखाको उपचार क्षेत्रमा ठूलो फड्को मारेको बताउनुभयो। अस्पतालले नेपालका विभिन्न जिल्लासँगै भारतका बिहार र उत्तर प्रदेशका जनसमुदायलाई समेत सेवा प्रदान गरिरहेको भन्दै यसको योगदानलाई राष्ट्रकै गौरव बताउनुभयो।
उहाँले अस्पताललाई यो उचाइमा पुर्याउन नेपाल नेत्र ज्योति संघ, एशियाली आँखा उपचार संगठन (ब्इऋब्), स्थानीय लायन्स क्लब, ओर्बिस इन्टरनेशनल, चिकित्सक, कर्मचारी, दाता केडिया परिवारसहित सबै सहयोगी हातहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो।
उपराष्ट्रपति यादवले अस्पतालले विभिन्न आधुनिक प्रविधियुक्त प्रयोगशालाहरू मार्फत उत्कृष्ट उपचार सेवा दिइरहेको बताउँदै, भविष्यमा पनि यसलाई अझ उन्नत सेवा प्रदान गर्ने नमुना आँखा उपचार केन्द्रका रूपमा विकसित गर्नुपर्ने सुझाव दिनुभयो।
स्वर्ण महोत्सवको अवसरमा उहाँले नवनिर्मित भवन र दृष्टि स्तम्भको अनावरण गर्दै अस्पताललाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, अस्पतालले आँखा रोगहरूको निदान, उपचार, सर्जरी तथा आपतकालीन सेवाहरूको थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
उपराष्ट्रपतिले समारोहमा हीरालाल केडिया ज्योतिर्गमय सम्मान एवम् पुरस्कार प्राप्त गर्नेहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले अस्पतालको निरन्तर प्रगतिको कामना गर्दै, भविष्यमा अझ प्रभावकारी सेवा दिन आग्रह गर्नुभयो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव